साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा र दु:ख

दु:खका सम्पूर्ण रूपहरूकाे दीर्घ तपस्विनी आमाको अनुहारमा आएर बसेपछि अँध्यारोमा राेइरहेकाे जून उज्यालो बन्छ ! आफ्नै रापतातले पग्लिदै गरेको घाम आमाको निधारमा ठाेकिएपछि शीतल बन्छ !

Nepal Telecom ad

ठाकुर बेलवासे :

आमालाई दु:ख
अनि
दु:खलाई आमा किन यति धेरै मन पर्छ !
मानौ
दु:ख र आमा
आमाछोरी हुन्
नभेट्दा मन बेचैन हुन्छ !

म हैरान हुन्छु !
दु:खलाई आमाले जन्माउनु भयो कि दु:खले आमालाई !
मानौ दु:ख आमाको आत्मा हो !
आमा दु:खको शरीर हो !
आमाले दु:खलाई त्याग्नुहुन्न
दु:खले आमालाई छाेड्नै हुन्न !

दु:खका सम्पूर्ण रूपहरूकाे दीर्घ तपस्विनी
आमाको अनुहारमा आएर बसेपछि
अँध्यारोमा राेइरहेकाे जून
उज्यालो बन्छ !
आफ्नै रापतातले पग्लिदै गरेको घाम
आमाको निधारमा ठाेकिएपछि शीतल बन्छ !

दु:खको भयानक आँधीलाई
युगौं देखि काबुमा राखिरहनु भएकी
आमालाई सोध्न मन छ
आमा दु:खसँग तपाईं रूनुहुन्छ कि
तपाईंसँग दु:ख रून्छ !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
सत्यलाई माफी

सत्यलाई माफी

ठाकुर बेलबासे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x