साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिरोको माखेसाङ्लो

पहिरो पन्छाउँदै पन्छाउँदै सपनाका पहाड उक्लनु पनि पहिरो खोज्नु नै हो । मान्छे भन्नु पहिरो रहेछ पहिरो भन्नु मान्छे के भर एकअर्काको पहिरोमा कति बेला के पर्ने हो !

Nepal Telecom ad

ठाकुर बेलवासे :

पहिरोको माखेसाङ्लो रहेछ मान्छे
पहिरोको मध्यभागबाट यात्रा गरेर
पहिरोमै अडेको बासमा पुग्नु छ ।

जीवनको यति लामो यात्रामा
नभेटिने होइनन् सहयात्रीहरू
सबैको मन
कुनै दुर्गम पहाडी क्ष्ाेत्रमा खनिएको नयाँ मोटरबाटोजस्तो छ
पाइलापाइला ठूलठूला इच्छाका पहिरोहरू गइरहने ।

जीवन नसम्झेर पहिरो
मस्र्याङ्दी बग्न खोज्दा पनि त
पहिरोबाटै बग्दो रहेछ मस्र्याङ्दी पनि
नछेलिने रहेछ पहिरोबाट जीवन ।

सँगसँगै यात्रामा रहेको यो घाम
यात्रामा भेटिएका यी मन्दिरहरू
सबै सबै पहिरोमै त छन्
सायद, पहिरोभन्दा अब संसारमा अर्को बाँकी केही छैन ।

पहिरो नहुँदो हो त, कहाँ हुन्थ्यो जीवन !
पहिरो पन्छाउँदै पन्छाउँदै
सपनाका पहाड उक्लनु पनि पहिरो खोज्नु नै हो ।
मान्छे भन्नु पहिरो रहेछ
पहिरो भन्नु मान्छे
के भर एकअर्काको पहिरोमा
कति बेला के पर्ने हो !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
सत्यलाई माफी

सत्यलाई माफी

ठाकुर बेलबासे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x