साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानवधर्म सेवा आश्रमद्वारा कविता प्रतियोगिता

प्रमुख अतिथि माधव पोखरेल गोज्याङ्ग्रेले विद्यालयका छात्रछात्राहरुलाई साहित्यमा रुचि जगाउन, प्रोत्साहन गर्न, उत्प्रेरणा जगाएकाे बताउनु भयाे ।

Nepal Telecom ad

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मानव धर्म सेवा समितिले २१३ औँ भानु जयन्तीका अवसरमा शनिबार कविता प्रतियोगिता आयोजना गरेको छ ।

त्रियुगा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागितामा भएको सो प्रतियोगितामा प्रमुख अतिथि माधव पोखरेल गोज्याङ्ग्रेले विद्यालयका छात्रछात्राहरुलाई साहित्यमा रुचि जगाउन, प्रोत्साहन गर्न, उत्प्रेरणा जगाएर भोलिका लागि राम्रो साहित्यकार उत्पादन गर्न र बनाउने प्रयास स्वरुप भएको यस कार्यक्रमले राम्रो इतिहास रचेको बताउनु भयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा लक्ष्मीपुर मावि त्रियुगा १३, लक्ष्मीपुर, जनप्रेमी मावि त्रियुगा १ जोगीदह, संंस्थागत विद्यालयहरुमा उदयसी अंग्रेजी मावि त्रियुगा ६ जलजले, इभरग्रीन अंग्रेजी बोर्डिङ स्कुल त्रियुगा ३ मोतिगडा सहभागी भएका थिए ।

यसैगरी अन्य सहभागी स्कुलहरुमा प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुल त्रियुगा ११ , सगरमाथा मोडेल स्कुल त्रियुगा १२ ,पिसजोन इन्टरनेशनल सकुल त्रियुगा १२ लगायतका विद्यालय सहभागी भएका थिए ।

प्रतियोगितमा ८ जना विद्यार्थीहरु सहभागी भएकामा पिसजोन स्कुलकी सुस्मिता थापा प्रथम, उदयसी स्कुल जलजलेकी ओसिन थापा द्धितीय, इभरग्रीन स्कुलका केदार कार्की तृतीय भएका थिए भने सगरमाथा मोडल स्कुलकी विविशा खड्काले सान्त्वना पुरस्कार पाएकी थिइन ।

कार्यक्रममा मनव धर्म सेवा समितिका सगरमाथा क्षेत्रका अध्यक्ष बुद्धिराज पराजुलीले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विकास राजधामी, युवराज चौलागाई, जेनिसा शर्मा, युनिसा थापा, विवेक जोशी, समर्पण पौडेल, उदयनारायण कोइराला लगायतका दर्जन बढी कवी तथा कवयत्रीहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रम मानव सेवा आश्रम गाईघाटकी प्रमुख निर्मला वाइजीको अध्यक्षतामा र सम्झना दाहाल पौडेलको संचालनमा भएको थियो ।

०००
माधव पोखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x