साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ छ मान्छे ?

याे सुशासन र कानुनी राज्यव्यवस्थाकाे लागि भनेको विद्रोह पनि कता अस्तायाे कता ! न कतै मानवीय संवेदनाले म यहाँ छु भन्न सक्छ न मुख लुकाएर बेथिति उधिनेर मिल्काउने आँट गर्छ ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

अचेल मुस्किल छ परिभाषा दिन । काे कस्तो ? अनुहार सबै उस्तै,उस्तै हिजाेजस्तै ! शरीर भने अलिक पुड्का चेतनाजस्तै । हैन ! केभा कति पुड्किएका मान्छे ? किन यति साराे एक्लाएक्लै भौतिक सुख खाेजेका ?

छिमेकी वरिपरि त के कुरार्नु परिवारमा समेत बाँडिचुँडी छैन । उइ आराेप प्रत्याराेबाट वचन विपक्षी र चाँजाे मिलाउने कर्मचारीलाई बाध्य भएर भाग लाउने कुराे आफ्नाे ठाउँमा छ । हाेइन भने त गम्याङगुम्लुङ आफै आफै हसुरेर रमाउने बानीले कति धेरै मल पाछ क्या गौँडीकाे मुलाले झैँ । त्यो मुला मौलाउन कसले छेकेर छेकिने हाे र ?

हुन नि कस्तो हाेला क्या मान्छे मै हुँ भन्छ ! विद्वान् छ कुराकाे, काम गर्छ गन्थनकाे । ठुलाे व्यवहार गर्छ छलछामकाे । जसरी हुन्छ कमाउ धन्दामा व्यस्त छ । इमान, जमान चिन्दैन । साम दाम दण्ड भेदजस्ता सबै कलापारखी छ, यसमा त दक्षता कति हाे कति ! न.१ काे ठगबहादुर भएकोमा गर्व गर्छ ।

याे शकुनि संस्कृति पारख गर्ने ऊ कुटिल खेलमा दत्तचित्त छ । नैतिक मूल्य बेचेर धुर्त्याइँ किन्न उद्यत छ । नियमकानुन मान्दिनँ के गर्छस् भनेर खुलेआम चुनौती दिन्छ भन्या भाषा नि कति चट्ट मिलाएर बाेल्छ गाँठे ! राजनीतिकाे व्याज खाएर अघाउँदैन, पुगेन अझै खान्छु भन्छ । भित्र कतै लुकेर मान्छे किनबेच कलामा पनि निपुण ठहरिएको छ ।

हैन हाे ! देश र जनताको नाम बेचेर किन्या रक्सी र कम्मल किन नअघा हाेला खै के पस्यारहेछ कुन्नि त्याे भुँडियाँ ? उता आश्वासनका रित्ता पाेकासँग जनमानस झुक्याउने अधिकार साट्न भ्याउँछ । मादलकाे तालअनुसार कम्मर मर्काउने सिप भएसी त कुवाकाे भ्यागुतो झैँ कुवैमा उफ्रन मिल्नेरहेछ बाई ।

कस्तो निर्लज्ज के आमा चाेइटिएर दुख्ने आलाे घाउको दृश्यलाई नि रमिता ठान्छ । जनचेतना पनि कस्तो हाे यस्तै शासक लाेकप्रिय छ । के देखेर लाेभियाे आजकाे मान्छे ? यता यसकै पछि दौडिने भिडकाे बिगबिगीले निमुखाकाे जीवन त्राही त्राही बनाइरहेको छ ।

याे सुशासन र कानुनी राज्यव्यवस्थाकाे लागि भनेको विद्रोह पनि कता अस्तायाे कता ! न कतै मानवीय संवेदनाले म यहाँ छु भन्न सक्छ न मुख लुकाएर बेथिति उधिनेर मिल्काउने आँट गर्छ । कतै चेतनाकाे डालाेमा सिला उबाएर विमर्शकाे पखेटा चलाएकाे पनि देखिँदैन ।

भावनाकाे सामाजिक मूल्य च्यातेर अर्को बेथितिकाे बर्काे ओढ्ने दाउपेचकाे बिगबिगी बढ्दाे छ । आफै लड्ने भिड्ने साेझासिधालाई ठगेर माेटाउन पल्केकाहरूकाे अविवेकी हाेडबाजीले भत्काएको मर्यादा खै कहाँ बस्ला वास ?

लाेभ छ इतिहास लेख्ने ! काम गर्छ वैयक्तिक सुखसुविधामुखी । यसै सीमित छ । दाेषजति अरुलाई दिएर पानीमाथि ओभानाे रहेकाे अभिनय गर्छ । कहिल्यै कतै सिङ्गो जीवन रक्षा र समाजाेत्थानकाे सवालमा सिन्काे भाँचिएको छैन र कुनै दूरदर्शी याेजना पनि दिएको छैन । अस्तु ।

०००
पर्वत, हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x