साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

अलिखित संविधानले शान्ति, विकास चलेका छन् धारा, दफाका अक्षरस: घोक्नेकै देश जलेका छन् अगुवाहरु विवेकहीन भएपछि के गर्नु र खै ? इतिहासको विरासत अराजकताले गलेका छन् ।

Nepal Telecom ad

इ. कुमार खड्का :

वर्षाको उर्लदो खहरे, हिउँदे खोल्सी हुँदो रहेछ
सत्ता, कुर्सी पाएपछि झाँक्रीनै बोक्सी हुँदो रहेछ
प्रकृतिको नियमनै हो, सापेक्ष हुन्छ समय पनि,
नामर्दका गुरुनै पनि मर्दको मुन्सी हुँदो रहेछ ।१

खुट्किला, हाँगा छुट्दा टेक्न समाउनै गाह्रो हुन्छ
बहरको हल नारेर जसरी दाउनै गाह्रो हुन्छ
कठिन हुन्छ, चपाउन नक्कली दाँत फेरे पछि,
स्थायी विश्वास टुट्योभने फिर्ता पाउनै गाह्रो हुन्छ ।२

जो सफाईको कुरागर्छ, उहि कचेरा बनाउँछ
फयलताको कुरा गर्दै सङ्किर्ण घेरा बनाउँछ
हजुर ! अचेल जमाना नराम्ररी बदली भै सक्यो,
सर्प भएर डस्नेले आफैंलाई सपेरा बनाउँछ ।३

अलिखित संविधानले शान्ति, विकास चलेका छन्
धारा, दफाका अक्षरस: घोक्नेकै देश जलेका छन्
अगुवाहरु विवेकहीन भएपछि के गर्नु र खै ?
इतिहासको विरासत अराजकताले गलेका छन् ।४

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०९/०६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x