भवानी बरालबुढानिलकण्ठ ‘दा’सँग युट्युबसिं फत्तेको जम्काभेट
र यो जेन्जी भाइबैनीहर्ले सम्झना बिर्सना मसाज चैं सिंगापुर पुग्ने गरी गरे यार । जेन्जीहरु सहनशील चैं रैछन । हाम्लाइ मार्न त मारेनन नि यार । गुण्डु कामरेडलाई भेटेको भए के गर्थे होलान् भनेर गम खान्छु ।

भवानी बराल :
यसै त थोरै बोल्ने बुढानिलकण्ठ ‘दा’ (शेरबहादुर देउपा) इण्टरभिउ दिन मान्दैनन् । तर बुढानिलकण्ठ ‘दा’ कोटरीलाइ लाग्यो जेन्जी मुभमेण्टपछि बुढानिलकण्ठ ‘दा’ नबोले तीनको खैरियत छैन । मूलधारका मिडियालाइ बुढानिलकण्ठ ‘दा’ले झुक्केर पनि इण्टरभिउ दिदैनन् । एकपटक बिद्धि चापागाँइनीले झुक्क्याएर बीबीसीमा इण्टरभिउ लिएपछि त झनै भागा रे भाग भएका हुन । यस उसले ‘दा’ कोटरीले सोसियल मिडियालाइ बोलाउने ठहर गरे । सोसल मिडियामा युट्युबसिं फत्ते जत्तिको नामी अरु थिएनन् । तीनले फत्तेलाई निम्तो गरे । बुढानिलकण्ठ ‘दा’को भित्रांस बुझ्न मूलधारेले नपाएको बेला फत्तेलाई यो सुबर्ण मौका लाग्नै नै भयो । उनी मौका छोड्न नहुने टुंगेमा पुगे । कुनै ढिलाढाला नगरी बन्दोबस्तीका समानसहित बुढानिलकण्ठ ‘दा’ तदर्थ निवास पुगे । अनि प्रश्नको पेटारो खोले यसरी :
युट्युबसिं : जै नेपाल बुढानिलकण्ठ ‘दा’ ।
बुढानिलकण्ठ ‘दा’ : के को जै नेपाल ? भँर भन्देखुन, सबै खत्तम भो यार ! आरजुले बनाको घर डढ्यो । तिमी चैं आबा न चाबा के को जै नेपाल ? सेण्टीफ्ल्याँट भो ! जै नेपाल होइन, खोई नेपाल भन न ।
युट्युबसिं : घरको छानामा गिद्ध बस्यो भने बस्नु हुँदैन लोदर लाग्छ । बुढानिलकण्ठमा त गिद्ध बसेको हैन, जेन्जी पसेको त हो ।
बुढानिलकण्ठ ‘दा’ : के भन्छौ यार ? के ले बनाउनु घर ? “घर के ले छाउनु, पराल न खर, छैन नी झिँगुटी” बोलको झ्याम्म् लिम्बुनीको गीत सुनेको छैनौ ?
युट्युबसिं : घरको ढुकुटी, सेफ, अन्डरग्राउण्ड पानी टंकीमा लुकाको पो जल्यो त । विदेश, ससुरली, मावली, बैंक तिर राखेको त छँदै छ नि ।
बुढानिलकण्ठ ‘दा’ : तेसो नभन न यार ! घरमा जलेको भनेको त एआइले बनाको चित्र हो । तिम्ले पनि र्याखर्याख्ती पारेर सिआईबी, सम्पत्ति सुद्धिकरनतिर हाल्छौ कि क्या हो ?
युट्युबसिं : धोबी धुलाई देको पनि एआईले बनाको फोटो हो त ?
बुढानिलकण्ठ ‘दा’ : होइन नि यार । त्यो त जेन्जी भन्नेहर्ले नै हो । उहिले म जेन्जी हुँदा पनि ढुंगा हानेकै थिएँ । पालोको पैंचो गरेको होला । बदला त मजैले लिए । मैले त ढुंगा मात्रै हानेको हैन नि यार । राजालाई बम हानेको हात पनि यहि हो । तेतीबेला पञ्चायतले मेरो जिब्रोमा करेण्ट लगाएर भकभके नै बनाइ दियो । तेही भएर मेरो कुरा कसैले बुझ्दैन । हाउभाउमात्र अलिअलि बुज्छन् । तर यो जेन्जी भाइबैनीहर्ले सम्झना बिर्सना मसाज चैं सिंगापुर पुग्ने गरी गरे यार । जेन्जीहरु सहनशील चैं रैछन । हाम्लाइ मार्न त मारेनन नि यार । गुण्डु कामरेडलाई भेटेको भए के गर्थे होलान् भनेर गम खान्छु ।
युट्युबसिं : उहिले किसुनजीले राणा परिवारकासँग विहेवारी नगर्नु आपत आइलाग्छ शेरे भनेर सम्झाएका थिए रे ! उनको कुरा मानेको भए यस्तो हुने थिएन नि ।
बुढानिलकण्ठ ‘दा’ : भँर भन्देखुन तेसो नभन न यार । आरजुलाइ त मैले नै लभ खेलेर ल्याको हो । विहेमा किसुनजीले नै आरजुलाइ लगाइ दिनु भनेर हिराको ओंठी किन्देको हो ।
युट्युबसिं : हिरा नभन्नु उता लिम्बुवानमा यो शब्द सुनेर गललल हाँस्छन् । डाइमन्ड भन्नु पर्छ ।
बुढानिलकण्ठ : ल ल, अबदेखि हिरालाई डाइमन्ड भनुँला ।
युट्युबसिं : अब कांग्रेसी राजनीति चैं के गर्ने हो ?
बुढानिलकण्ठ ‘दा’ : ए बाबा ठाकुरे कस्तो कुरा गरेको यार । मैले त पूर्ने खड्कालाई कार्जबाहक दिई सकेँ त हउ । सुदूरपच्छिमको पालो सकियो । अब कर्नालीको पालो भनेर । पालैसँग आउँछ त बाबा । पच्छिमबाट एकै चोटी नाघेर कोसी, बागमतिमा त आउँदैन नि । सुदूर पच्छिमबाट कर्नाली, लुम्बिनी, गण्डकी, बागमति, मधेस हुँदै कोसीको पालो आइहाल्छ नि यार, पालै पालो ।
युट्युबसिं : गुण्डुबासँग भेट हुँदैछ ।
बुढानिलकण्ठ ‘दा’ : त्यो झापाली साखुल्ले हुन भेट्न आको थियो । एक सय स्याङ्जाली बराबर दश जना झापाली हुन्छ रे ! दश झापाली बराबर एउटै ओली काफी हुन्छ भन्छन् । साँचो कुरा रैछ । कम्ताको जाली छैन त्यो कुमाइ बाहुन । अहिलेसम्म मलाइ गिरिजा, किसुनजी, प्रचन्न जस्ता बाहुनले घुमाउन सकेका थिएनन् । झापाली कुमाइ बाहुनले घुमाउनसम्म घुमायो । त्यो बाहुन राष्ट्रिय धूर्त चन्डाल रैछ हो । उल्टै म कहाँ आएर मैले गर्दा बाँचिस् भन्दै थियो । मैले, तैंले मलाइ कुटाई ख्वाइस भन्दिएँ ।
०००
धरान
Subscribe
Login
0 Comments
Oldest








































