भवानी बरालबादल भुटानी
भुटानी व्यापारमा रमेका नैनकला-प्रतिक मायालु झार्नसम्म झारेउ रुपैया पैसा पातसरी मायालु एकबारको जुनीमा मन्त्री पद भेटाउँदा सिंहदरबार स्वर्गै लाग्यो 'बा'लाइ सघाउँदा ।

भवानी बराल :
प्याराेडी
(गायक यम बराल र बुद्धवीर लामालाई सम्झँदै बादलुको घुम्टोमा इलाम बजार छोपिंदा बोलको भाकामा)
भुटानीको घुम्टोले बादलवंश छोपिँदा
मैले हिंसा सम्झेछु, जनयुद्ध बिर्सिँदा
डुङ्डुङ् बम बारुद पड्काको विर्स्यौ बादलु
चुनबाङ्, फुट्टीबाङमा रुएको वर्सियौ बादलु
प्रचण्ड माओ आफु लिन प्याओ हुँदा
आँशुका धारा पुछ्ने रुमाल नहुँदा
जनयुद्धको दोभानमा शान्ति प्रक्रिया आइदिँदा
मैले भ्रष्टाचार सम्झेछु, नैतिकता विर्सिँदा
भुटानी व्यापारमा रमेका नैनकला-प्रतिक मायालु
झार्नसम्म झारेउ रुपैया पैसा पातसरी मायालु
एकबारको जुनीमा मन्त्री पद भेटाउँदा
सिंहदरबार स्वर्गै लाग्यो ‘बा’लाइ सघाउँदा
बामालेको गोदाममा बादललाइ थुनिदिँदा
मैले परिवार सम्झेछु, अरु सबै विर्सिँदा
भूटानीको घुम्टोले बादलबंश छोपीँदा
मैले हिंसा सम्झेछु, जनयुद्ध विर्सिँदा ।
०००
धरान
Subscribe
Login
0 Comments
Oldest







































