साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी-शरणम् गच्छामि

तर म त भक्त तिम्रो, कुर्सी नै मेरो भगवान् पाँचै वर्ष टिकाइदेऊ, राखिदेऊ मेरो मान ! भोलि फेरि कुरा फेरिए, "प्रतिगमन" भन्नै छ यही भजन गाउँदै फेरि, नयाँ जाल बुन्नै छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

स्वहा ! स्वहा ! कुर्सी माता, तिमी नै हौ भाग्य विधाता
पाँच वर्षको सपथ खाउँ, जोगाइदेऊ मेरो नाता ।
हे… जय कुर्सी, जय सत्ता, अरू सब त रद्दी पत्ता !

दौरा-सुरुवाल टल्काएर, शीतल निवास छिरेको छु
आफ्नै हातले आफ्नो भाग्य, सपथ खाँदै कोरेको छु ।
“ईश्वर”को नाम भनूँ कि “जनता”, अलमलमा परेको छु
भित्र-भित्रै खुसीले त, अट्टहास नै गरेको छु !
खल्तीभित्र मन्त्रीको लिस्ट, मनभित्र दाउपेच छ
देश त आखिर पछि बन्ला, अहिले कुर्सीकै पेच छ ।

हिजो गाली गर्ने ओठले, आज स्तुति गाएका छन्
दुश्मनहरू घाँटी जोडी, सेल्फी खिच्न आएका छन् ।
सिद्धान्त त कता हरायो, अंकगणितको खेल छ
तेल र पानी भन्थे दुनियाँ, यहाँ त गज्जब मेल छ !
सपथ लिँदा हात कापे नि, कुर्सीमा त दरो छ
देश सुधार्ने भाषण दिउँला, अब त कुरो खरो छ ।

टीका-माला टन्नै छ, बधाईको ओइरो छ
जनता भने बाहिरपट्टि, अभावको पहिरो छ ।
तर म त भक्त तिम्रो, कुर्सी नै मेरो भगवान्
पाँचै वर्ष टिकाइदेऊ, राखिदेऊ मेरो मान !
भोलि फेरि कुरा फेरिए, “प्रतिगमन” भन्नै छ
यही भजन गाउँदै फेरि, नयाँ जाल बुन्नै छ ।

ॐ सत्ताय नम: ! ॐ भत्ताय नम: !
ॐ कुर्सी संरक्षणाय, सपथ ग्रहणाय, स्वाहा !

०००
२०८२ चैत ७ गते ।
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x