साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौसमी भमरा र जनताको आँगन

थुतुनोमा चिनी घसेर, ओठे भक्ति गाउँछन् ढोगभेटको तमासाले, गाउँ नै बिउँझाउँछन् । तिर्खाएको काकजस्तै, घैँटोभित्र ढुङ्गा हाल्ने रित्तो हातले आकाश छुन, नयाँ नयाँ सपना पाल्ने !

Nepal Telecom ad

नन्दलाल आचार्य :

पाँच वर्षमा पलाउँछन् यहाँ, नयाँ नयाँ पखेटा
आँगनमा झुल्किन्छन् फेरि, हराएका ती ठिटा ।
आश्वासनको झोली बोकी, सपनाको भारी
भोट मागेर हिँड्छन् अचेल, बेंसीदेखि लेकसम्मै झारी !

हिजोसम्म नदेखिने, आज ‘बा’ र ‘आमै’ भन्ने
धुलो उडाउने चिल्लो गाडी, गरिबकै घर गन्ने ।
थुतुनोमा चिनी घसेर, ओठे भक्ति गाउँछन्
ढोगभेटको तमासाले, गाउँ नै बिउँझाउँछन् ।
तिर्खाएको काकजस्तै, घैँटोभित्र ढुङ्गा हाल्ने
रित्तो हातले आकाश छुन, नयाँ नयाँ सपना पाल्ने !

खल्तीमा छ रेलको टिकट, आँखामा छ पानी जहाज
भाषणमा त सुखी नेपाली, घरमा भने चल्दैन चुल्हो आज ।
चिप्लो बाटो देखाउँछन्, आफ्नै खल्ती भर्नलाई
भर्याङ खोज्छन् जनताको काँध, कुर्सी माथि चढ्नलाई ।
बिरालोले मुसो ढुकेझैँ, ढुक्छन् जनताको औँठा
चुनावपछि तिनै नेता, देखाउँछन् फेरि बुढीऔँठा !

रङ्गीचङ्गी झण्डाभित्र, लुकेको छ स्वार्थको पोको
नबिक्नु है साथी हो फेरि, खाएर मासु र रक्सीको झोकको ।
विवेकको दियो बालौँ, उज्यालोतिर लागौँ
मौसमी यी भमरालाई, बेलैमा चिनौँ र भागौँ !

०००
२०८२ माघ २८ गते ।
सिद्धार्थटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x