होम सुवेदीराष्ट्रिय गीत
नेपालका पराक्रमी छोरा हो आमाको सेवामा नफस्नू यहाँको धर्ती बाँझै छाडी मलेसियामा धान फलाऊ कतारमा फूल फुलाऊ हाहाहा हाहाहा हो हो हो ।।

हाेम सुवेदी
त्यो कर्मभूमिको जङ्गलमा
पौरखको उदाहरन
प्रस्तुत गरेर देखाऊ
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।
छाडेर स्वास्नी अर्कालाई
घरको बिचल्ली पारेर
छोराछोरीलाई रुवाई
विवेशमा आरन चलाऊ
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।
डलर कमाउने धन्दा नै
सर्वोच्च लक्ष्य मानेर
आफ्नो मुलुकमा के बस्नू
कर्मभूमिलाई जन्मभूमि ठानेर
नेपालका पराक्रमी छोरा हो
आमाको सेवामा नफस्नू
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































