साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय गीत

नेपालका पराक्रमी छोरा हो आमाको सेवामा नफस्नू यहाँको धर्ती बाँझै छाडी मलेसियामा धान फलाऊ कतारमा फूल फुलाऊ हाहाहा हाहाहा हो हो हो ।।

Nepal Telecom ad

हाेम सुवेदी

त्यो कर्मभूमिको जङ्गलमा
पौरखको उदाहरन
प्रस्तुत गरेर देखाऊ
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।

छाडेर स्वास्नी अर्कालाई
घरको बिचल्ली पारेर
छोराछोरीलाई रुवाई
विवेशमा आरन चलाऊ
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।

डलर कमाउने धन्दा नै
सर्वोच्च लक्ष्य मानेर
आफ्नो मुलुकमा के बस्नू
कर्मभूमिलाई जन्मभूमि ठानेर
नेपालका पराक्रमी छोरा हो
आमाको सेवामा नफस्नू
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x