साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनिकालका कुरा

तर के म जन्मेको देशमा म जन्मदादेखि आजसम्म माथि भनिएझै सहकालको अवस्था छ ? अहँ, पटक्कै छैन..। यही नै हाम्रो आत्मसम्मान र इमानदारिताको सबैभन्दा ठूलो अनिकाल हो र हाम्रो दुर्भाग्य पनि ।

Nepal Telecom ad

विश्व शाक्य :

मलाई राजनीतिबारे खासै जानकारी छैन । राजनीति ‘र’ बाट सुरु हुन्छ भन कुरा कखरा पढेपछि थाहा पाएँ । प्रजातन्त्र भनेको के हो मलाई अझै थाहा छैन । प्रजातन्त्रमा जन्मेको मान्छे पनि होइन । “म जन्मँदा नेपालमा के थियो ?” को राजनीतिलाई लक्षित गरेर एकदिन मैले आमासँग सोधेको थिएँ । आमाले सहज उत्तर है भनेकी थिइन् – “बावु तँ जन्मँदा नेपालमा ठूलो अनिकाल थियो।” त्यस दिनदेखि आजसम्म मैले जीवनमा अनिकालबाहेक सहकाल देखेकै छैन ।

झुक्किएर यो आलेख हेर्ने यहाँहरूले भन्नुहोला यो कानु बजियाको आँखामात्र होइन, यसको त दिमाग पनि साठीले छोएको छ। हुन पनि हो, यतिखेर मेरो दिमागले मात्र होइन उमेरले पनि साठी नाघिसकेको छ।

नेपालमा जुनसुकै, जस्तोसुकै सरकार आए पनि भन्ने गरिन्छ र भन्दै पो आइरहेका छन्- “हाम्रो सरकारले गएका सरकारले भन्दा राम्रो काम गरेको छ।” हुन पनि हो ठूलाठूला विद्यालय-विश्वविद्यालय, कलकारखाना, सरकारी तथा निरं अस्पतालहरू खुलिरहेका छन् । कत्राकत्रा राजनीतिक परिवर्तन भईसकेका छन् । भएन राजा गएका छन् । नयाँनयाँ राजा आएका छन् । फेरि पनि मेरा आँखाले म जन्मदाको अनिकालमात्र किन देखिरहन्छ, म आफै छक्क परिरहेको छु ।

मेरी आमाले भन्नुभएको म जन्मदाको अनिकाल खानपान अभाव मात्रको अनिकाल थियो भन्ने मलाई लाग्दैन । खानपान अभावविनाको जीवनमात्र सहकाल होइन । आफू खुसी स्वतन्त्रतापूर्वक, सुखशान्तिपूर्वक बाँच्न पाइनु पनि सहकाल हो। म जन्मदा सायद यस्तो सहकाल थिएन । ७ साले क्रान्तिको तयारी थियो सायद । सहकाल हुन राजनीतिक स्थिरता चाहिन्छ । राजनेताहरू जनताप्रति जवाफदेही र इमानदार हुनुपर्छ। राष्ट्रसेवकहरू सेवाभावी हुनुपर्छ । बुद्धिजीवीहरू पूर्वाग्रहरहित हुनुपर्छ । जनता सचेत, सतर्क हुनुपर्छ ।

तर के म जन्मेको देशमा म जन्मदादेखि आजसम्म माथि भनिएझै सहकालको अवस्था छ ? अहँ, पटक्कै छैन..। यही नै हाम्रो आत्मसम्मान र इमानदारिताको सबैभन्दा ठूलो अनिकाल हो र हाम्रो दुर्भाग्य पनि । यसै भएर ‘भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ’ भनेझै मेरो यस फुट्या आँखाले पनि सधैं अनिकालै अनिकालमात्र देखिरहन्छ ?

०००
१२ मङ्सिर २०६६
फुट्या आँखा (२०६८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x