साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वायत्त जँड्याहत राज्य

जँड्याहाहरूले पनि निर्धक्क जाँडखान पाउनुपर्यो, नेताज्यू । त्यसैले नेताज्यू, भट्टीपसलजत्ति सप्पै समेटेर जँड्याहा राज्य घोषणा गरिदिनुपर्यो। पर्यो भनेपछि पर्याे पर्यो।'

Nepal Telecom ad

विश्व शाक्य :

कतैकतै मुग्लिङ बजारजस्तो, कतैकतै बसन्तपुर दरबारचोकजस्तो, कतै डाँडाकाँडा कतै समथर फाँट । मान्छेहरू भन्छु एउटै मान्छे छैन । कोही आफूलाई नेवार, बाहुन, क्षेत्री भन्छन्, कोही आफूलाई तमु, मगर, किराँत भन्छन्। कोही पहाडिया, कोही मधिसे, आआफ्ना भेषभूषा र धर्म, भाषाका समूहसमूहहरू । मान्छे त कता हो कता ? कहीं यता तानातान, कहीं उता हानाहान। के हो, के हो ? यस्सै भन्नै नसकिने ।

झलक्क लाग्छ, यो मुग्लिङ बजार नै हो । आजभन्दा ३०/३५ वर्षअगाडि पृथ्वीराजमार्गको बाटो काठमाडौं जाँदा, आउँदा मुग्लिङ बजारमा भात ख्वाउन बस रोक्थे । उनताका बस रोक्नेबित्तिकै भात खान यता आउनुहोस्, यता आउनुहोस् भनेर बसका यात्रुहरूलाई पाखुरा समातेर तानातान गर्थे।

अहिले यहाँ पनि यस्तै भइरहेको छ। घरी उसले तान्छ लौ हाम्रो राज्य घोषणा गरिदेऊ भन्छ, घरी त्यसले तान्छ लौ हाम्रो राज्य घोषणा गरिदेऊ भन्छ । यतै पनि तानातान उतै पनि तानातान । घरी उसको भेषभूषा लगायो, उसैको राज्य घोषणा गरिदियो, घरी त्यसको भेषभूषा लगायो, त्यसैको राज्य घोषणा गरिदियो। क्या मज्जा। मानौं ऊ पुतला हो जसले जे लगाइदियो लगायो, जसले जे बोल भने बोलिदियो, बस्। उस्तैपरे ‘कि लाऊ माया उहीतिर, कि लाऊ माया मैतिर, नलाऊ माया दुईतिर’ भनेर कम्मर भाँचीभाँची नाच्न पनि भ्याएकै छ ।

यस्तै भीडको तानातानमा ५/७ जना जँड्याहाहरू भुनभुनिंदै भीडमा ठेलमठेल गर्दै पसे। राज्य घोषणा गरिदिनेको दुवै हात च्याप्प समातेर मातेको बोलीमा भन्न पाे थाले ‘नयाँ नेताहरूले पृथ्वीनारानको सालिक किन भत्काएका होलान् भनेको त सप्पैलाई राज्य पुऱ्याउन पो रहेछ हैं हैं..। त्यस्तो था’पाको भए एक दुइटा सालिक त हामी पनि भत्काइदिन्थ्यौं ला… सप्पैले आफ्नो आफ्नो जातअनुसार राज्य पाए। हामी ट्वाँके जँड्याको पनि राज्य हुनुपर्यो। स्वास्नीहरूले हामीलाई मान्छे नै गनेनन् हैं हैं…। जँड्याहाहरूले पनि निर्धक्क जाँडखान पाउनुपर्यो, नेताज्यू । त्यसैले नेताज्यू, भट्टीपसलजत्ति सप्पै समेटेर जँड्याहा राज्य घोषणा गरिदिनुपर्यो। पर्यो भनेपछि पर्याे पर्यो।’

नभन्दै कुनचाहिँ जँड्याहाले अलि अग्लो ठाउँमा उभिएर ‘यो सेरोफेरो सब्बै मेरो’ भनेर ‘जँड्याहत’ राज्य घोषणा गर्यो। टररर ताली बज्यो। तालीको गड्गडाहटमा झसङ्ग भएर यो कानुकान्छा त व्यूँझिहाल्यो। ज्या ऽऽ..। यसलाई सपना भन्ने हो कि विपना, के भन्ने हो ? यस फुट्या आँखाले कत्ति भेउ पाउन सकिरहेको छैन ।

०००
२४ पुस २०६६
फुट्या आँखा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अनिकालका कुरा

अनिकालका कुरा

विश्व शाक्य
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x