साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबै ! ठूलठूलै नेता भएस् !

आजको अराष्ट्रिय महत्त्व भोलि देशको ।" बागडोर सम्हाल्छ । आजको राष्ट्रिय महत्त्व भोलि कुमहत्त्वमा परिणत हुन्छ। यहाँ के असल के खराब ? के इमानी ? के बेइमानी ?"

Nepal Telecom ad

विश्व शाक्य :

‘कुरो र कुलो जता लगे पनि जान्छ’ भन्थे वास्तवमा सत्य रहेछ । कुरो के भने नि धेरै समयपछि हिजो हामी केही साथीहरू एकै ठाउँमा जुटेका थियौं । कला, साहित्य र संस्कृतिबाट उठेको कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिदेखि खेलकूद, भ्याट र के के जाति क्याटहरूको विषयसम्म बाँकी रहेन । यसै सिलसिलामा देश विदेशका अभिवादन संस्कृतिका कुरा उठे। यसरी हुँदै गरेको चर्चा र परिचर्चामा सँगै बसेको एक जना साथीले आफनै देशतिर फर्केर हाम्रो आफनो अभिवादन र आशीष दिने परम्परा पनि कम महत्त्वको नभएको कुरा उप्कायो ।

उसले उदाहरण दिदै भन्यो- “हेर शिष्टाचारमा जापानी जति शिष्ट देखिन्छन त्योभन्दा नराम्रो शिष्टाचार हाम्रो पनि छैन । तर हामी नजिकको तीर्थ हेला भनेझै आफनो कुरालाई कहिल्यै महत्त्व दिदैनौ त्यही भएर मात्र हो । ऊ एकछिन रोकिएर फेरि बोल्यो- ‘हेर आदरपूर्वक, श्रद्धापूर्वक दुई हात जोडेर कोही अतिथि आगन्तुकलाई मुसुक्क हाँसेर ‘नमस्कार’ भन्नु, गर्नु कम शिष्टाचार हो ? तर के गर्नु हाई हेल्लोले खर्लप्प निल्न लागेको आजको उरन्ठ्‌याउलो संस्कृतिले त्यो नमस्कारको शिष्टतालाई कसरी बुझ्न सकोस् र ?”

“तैले भनेको कुरा ठीक हो यार” छेउमा बसेको साथीले हार्दिकता जनाउदै भयो- “वास्तवमा हामी हाम्रो संस्कृति र सभ्यतासंग टाढिदै गइरहेका छौं। हामीले देखासिकी गर्नुलाई ठूलो पुरुषार्थी सम्झेका छौं ।”

“यसो हुनुमा अरुको होइन हाम्रो आफ्‌नै दोष छ।” संगैको साथीले थप्यो-‘अरुको भनेपछि जे पनि राम्रो मान्ने, हाम्रा आफ्‌नै राम्रा कुराहरूको ख्यालै नगर्ने । यो हाम्रै दरिद्र मानसिकता हो, कमजोरी हो ।’

“भो भो भाषण नछाँट” दाहिनेतिरको साथीले खिस्याउँदै भन्यो- “अहिले भरखरै एउटी केटी मस्किदै छेउबाट गई भने पहिला आफैले ‘हाइ कस्तो च्वाँक यार’ भनेर ऱ्याल काढ्‌ने छ, अहिले बडो भावुक भएर दर्शन छाँट्छ साले ।” “कुरा गऱ्या हेर न कुरा गऱ्या ।” “अनि के त ?” “तिमीहरू दुवैको कुरा मेरो विचारमा बेठीक होइन ।” अगिदेखि चुप लागेर हातमा कलम खेलाएर बसिरहेको साथीले आफ्‌नो विचार राख्यो “विचार, दर्शन र भावुकता भनेको समय सापेक्ष हुन्छ । समय अनुसार त्यो परिवर्तन हुन्छ । त्यसैले शिष्टाचार र सदाचार पनि समय र स्वभाव अनुसार परिवर्तित भैरहने हुन्छ । उदाहरणको रूपमा भनौं न आजभन्दा २०/२५ वर्ष अगाडि हामी हाम्रा अग्रजहरूबाट आशीष पाउने गर्थ्यौँ ‘सन्तानले डाँडा काँडा डाकोस्’ भनेर । के यो अहिले समय सापेक्ष छ? त्यसैले जे चीज पनि परम्परा वा संस्कृति मात्र भनेर हुँदैन त्यसको सापेक्षता पनि हेर्नुपर्ने हुन्छ ।”

साथीको कुरा सुनेपछि पोहोर सालको दशैको एउटा घटना याद आयो । मैले साथीहरूबीच त्यो संस्मरण सुनाउने तरखर गर्दै भने- “अहिले तिमीले सापेक्षताको कुरा गर्दा मलाई पोहोर मैले बेहोरेको एउटा घटना स्मरण भयो। म यो सुनाउँछु ।” सबै उत्सुक देखिए। मैले घटना वर्णन गर्न थालें ।

“पोहोरको दशैको कुरा हो। धेरै भयो सासूको हातवाट टीका टालो गरिएको थिएन । सासू पनि वृद्ध भैसक्नु भएको, बिसन्चो पनि रहनु भएको । सानै केटाकेटी हुंदा गइएको थियो । त्यसपछि गएको थिएन । अहिले त छोराहरू पनि लाठे भैसके। सासुले पनि सारै रहर गर्नुभएको। “अब मर्ने आज हो कि भोलि यो पटकको दशैंमा २ ट्याप टीका यस्सो लगाईदिन पाए मरेरै गए पनि सुख चैन मिल्ने थियो ।” सासूको मनसाय यस्तो रहेको थियो । सासूको पनि चाहना भएको र हाम्रो पनि यसपाली कसैगरी सासुको हातबाट टीका थाप्न जाने भन्ने मनसाय भए अनुसार दुबै छोराहरूलाई लिएर सपरिवार टीका थाप्न गयौं ।

सासूले आफ्‌ना नातिहरूलाइ चिन्न सकिनन् । साना साना हुँदा देखेका, अहिले त दुबै २०/२५ का स्वांठ भैसके। नातिहरू हुन् भनेर चिनाइ दिएपछि पढाइको बारेमा सोध्न थालिन्, काम धन्दा बारे सोधिन् । बानी व्यहोराबारे सोधिन् । छोरीले सबै कुरा बताइन् । ‘बानी व्यहोरा अहिलेसम्म नराम्रो भनेर कतैबाट नसुनेको तर पढाई र घरको कामकाजमा भने पटक्कै रुची नराख्ने, घरमा आमा बाबुलाई टेर्दै नटेर्ने। आफूखुशी हिंड्ने, कसैको दकस नलिने आदि इत्यादि । सासू बूढीले “आजकालकाहरू त्यस्तै हो, त्यस्तै हो !” भनेर मुन्टो हल्लाउँदै प्रतिक्रिया जनाइन् ।

हामी पुग्दा बिहान अबेर भैसकेको थियो। त्यसैले बरु लामो कुराकानी नगरी हामी टीकाटालोमा जुट्न थाल्यौ। मेरी बूढीले घरबाट लगेको सामग्री मिलाई सकेपछि टिका लगाउने काम सुरु भयो। सासूले सबैभन्दा पहिला मलाई टीका लगाई दिनुहुँदै फट्‌फटाइन्- “लौ मेरो ज्वाईले यसपाली मेरो रहर पुऱ्याई दिनुभयो । ज्वाईको अहिलेसम्म त राम्रै छ। पछिसम्म पनि राम्रै होस्, कतै शत्रुले औंलासम्म उठाउन नसकोस् । धन धान्य होस् । मन मान्य होस् । चिरायू होस् । आँट गरेको पूरा होस् ।” यति भनेपछि पोल्टाबाट सयको नोट निकालेर जमरासंगै मेरो हातमा राखिदिनुभयो । मैले शिर निहुराई ढोगें ।

सासू बूढीले यसैगरी छोरीलाई (मेरो बूढीलाई) टीका लगाई दिदै भनिन्-“मेरो ज्वाई, भनेजस्ता पाएकी छौ वा तिमीले । तिमी भाग्यमानी छ्यौ । जोरीपारीको अगाडि शिर निहुराउनु पर्ने काम कहिल्यै नगरेस् । सधैं सुखी रहेस् । सबैलाई सुखी राखेस् ।”

अब नातिहरूको पालो आयो। ठूलो नातिको अगाडि पुगेपछि पूजाको थाली अगाडि राखेर पालै पालो नातिहरूलाई हेरिन् । लामो श्वास तानेर खुइय्य गरेपछि ठूलो नातिलाई टीका लगाईदिदै आशीष दिन थालिन् “नातिहरू त भनेजस्ता खाइलाग्दा छन् । आज भोलिको जुग पढेर जानेर ज्ञानी गुणी हुने भन्नु रहेन । इलम पनि के के हो के के ? लौ बाबु जे भए पनि राम्रै भएस्, राम्रै गरेस् । कूलको इज्जत राखेस् । बावै । ठूलठूलै नेता भएस् ।”

सासूको ‘नेता भएस्’ भन्ने आशीष सुनेर वरपरका सबै साथीहरू खित्का छोडेर हाँस्न थाले। म पनि हाँसें । हातमा कलम समाइरहेको साथी मुसुक्क मुस्कुरायो मात्र, हाँसेन । हाँस्नेहरू हाँस्दै थिए । संगैको साथीले प्रतिक्रिया जनाउदै भन्यो- “सासू बूढीले जानेकी रहिछे यार । नेता भएस् भनिदिएपछि सन्चै। पैसा कमाउन इमान्दारीले झै बाह हण्डर र तेह ठक्कर खान पनि परेन। उद्योगधन्दामा फसेर माथापच्ची गरिरहनु पनि परेन । नेता भएपछि ज्ञानी पनि उही, गुणी पनि उही। साधु पनि उही, सन्त पनि उहीं। जन्त पनि उही, अन्त पनि उही। हाम्रो जस्तो समाजमा नेता भएपछि अरु हुन नै के बाँकी रह्यो ? या भनौ अरु हुन नै के पर्यो ?”

“हो त यार ।” संगैको साथीले थप्यो “अब हेर न, प्राज्ञ, इन्जिनियर, डाक्टर, प्राध्यापक भनेपछि देशका धुरधन्धर विद्वान बुद्धिजीवी कहलिन्छन् । तिनै प्राज्ञ, डाक्टर, इन्जिनियरहरू नेताहरूको पछि नलागी सख्खै छैन । त्यसो भएपछि नेता हुनु भन्नु चानचुनी कुरा रहेछ त !?”

“त्यत्तिमात्र कहाँ हो र ?” अंगिको साथीले थप्दै भन्यो- “नेता भने पछि नेता। उसले जे गरे पनि हुन्छ जे भने पनि हुन्छ। कहीं कतै बात पनि लाग्दैन। लात पनि खाँदैन । तिमी हामीले अलिकति तलवितल मात्र गरौ त नियम पनि हामीलाई नै लाग्छ, कानून पनि हामीलाई नै लाग्छ । प्रमाण नि समान ! नेतालाई त प्रमाण छैन * भनेपछि सकियो। रात विरात अर्काको स्वास्नीको कोठामा घुसे पनि हुन्छ । पिस्तोल बोकेर ड्याङ्ग ड्‌याङ्ग मान्छेलाई सोझ्‌याउँदै हिंडे पनि हुन्छ। मान्छे नमरेसम्म के हुन्छ।”

एकछिन रोकिए पछि फेरि धारावाहिक सुरु गर्यो- “नेता भएपछि नेता ! नामको खातिर नाम, दामको खातिर दाम । देश भंड्खारो मै जाकियोस् । मान्छेको घर दनदनी दन्कियोस् या भोकले रुँदै गरेका बालबालिकाहरूको मुखमा छपक्कै माखा किन नमन्कियोस् नेताहरू बीच गोप्य वार्ता भएपछि समस्या टुङ्गियो । सकियो। नेताको न इज्जत हुन्छ, नेताको न कहिल्यै बेइज्जत हुन्छ। आजको अराष्ट्रिय महत्त्व भोलि देशको ।” बागडोर सम्हाल्छ । आजको राष्ट्रिय महत्त्व भोलि कुमहत्त्वमा परिणत हुन्छ। यहाँ के असल के खराब ? के इमानी ? के बेइमानी ?”

०००
पाेखरा
श्री पशुमहापुराण (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अनिकालका कुरा

अनिकालका कुरा

विश्व शाक्य
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x