विश्व शाक्यधर्मपुराण
किताब विक्रीको पैसा लिन पर्यो माग्नै पर्ने हुन्छ । यत्तिसम्म कि कहीं कतै सम्मान पुरस्कारको रकम पनि नमागी दिदैनन् । भनेपछि, माग्नेलाई हाम्रो संस्कृति, सभ्यता र नैसर्गिक धर्म अधिकार नभने के भन्ने ?

विश्व शाक्य :
पुस महिनाको पहिलो साता। जावताचेत चोकको एउटा मसीहार हामी कफी पिउन पसेका थियौ । विहानको त्यस्तै आठमाहे आठ बजेको हु बातावरण चिसो थियो । बोल्दा पनि मुखबाट विक्रम टेम्पोले फाल्ने दावी जस्तो बाफ निस्कन्थ्यो।
हामी चारजना साथीहरूले कुनाको एउटा टेबुल ओगटेर साहित्यबाट बालनी भएको कुरो धर्ममा गएर बस्तियो । कफीको चीरती विषयवस्तुको गहनता पनि बढ्दै गयो। धर्मको प्रसङ्ग उठेदेखि चूप लागेर बसितं एकजना साथीले मौनता भइ गर्दै प्रतिक्रिया व्यक्तयो समय फालिरहेका तिमीहरूले कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । हैन तलाई के भयो। एकाएक बाेक्सीले छोपेको मान्छे बर्बराएझैं बर्बराउँछाै । एकजना साथीने टिप्पणी गर्याे ।।
बोक्सीले तिमीहरूलाई छोपेको होला नि । त्यो साथी अलि जङ्गिए झैं गरेर बोल्यो- गाँठी न गुँठी जरजरी उठी। धर्मको बारे ‘ध’ थाहा छैन धर्म-धर्म ।
मसंग बसेको साथीलाई पनि सिरिङ्ग चलेछ। उसले पनि कड्कँदै भन्यो- तँलाई थाहा रे’छ नि त धर्मको बारेमा, अघिदेखि मुखमा के को गिलास कोचेर बसिराखेको त ? भन् न त तं धर्म बुझ्ने मान्छेले ।”
“तिमीहरूले धर्म बुझ्ने चेष्टा गरेको भए पो मैले सुनाउनु ।” साथीले सम्झाउने प्रयास गर्दै भन्यो- मुलाहरू । सुझनु न बुझनु गायत्री मन्त्र घोके झै यो धर्म, त्यो धर्म भनेर धर्मको नाम घोकेको छ, बसेको छ। धर्म-चर्चा गर्न बुझिस् व्यवहारिकतामा ओर्लनु पर्छ । हिन्दू धर्म रे। बौद्ध धर्म रे । इसाई धर्म रे। अरु के के जाति धर्म रे । यी नामधारी धर्म त अहिले ऐतिहासिक भैसके। ऋचा सूत्र र के जातिमा सीमित भैसके । अहिलेको व्यवहारिक धर्मको कुरा गर न, व्यवहारिक धर्मको, मुलाहरू ।”
“तैले जान्या रहेछस् नि । संगै बसेको साथीले भन्यो “भन् न त तेरो व्यवहारिक धर्मको महत्त्व के हो ?”
“यसो भन् न त” साधीले व्यवहारिक धर्मबारे व्याख्यान गर्न थाल्यो ।
-“सुन्, वर्तमानमा माग्नु हाम्रो मौलिक धर्म हो। हामीले नाम लिने गरेका, सुन्ने गरेका र भन्ने गरेका नानाथरी धर्महरू मात्र सुन्ने गरेका र किताबहरूमा पढ्ने गरेका धर्महरू हुन् । ती व्यवहारिक हुन सकेका छैनन् । वर्तमानमा माग्नु हाम्रो व्यवहारिक धर्म हो। राष्ट्रिय धर्म हो। सनातन त यसलाई नभनौं तर शाश्वत धर्म हो ।”
साथीको कुरा सुनेर पूर्ववक्ता दुईजना साथीहरू जिल्ल परे । उनीहरूले कुरोको चुरो फेला पार्ने सकेनन् । उनीहरू जिल्ल परेको देखेर साथीले मौलिक धर्मबारे स्पष्ट पार्न खोज्दै भने- “हेर। अघि मेरो मुखमा गिलास कोचिएको मन्थ्यौ, अहिले तिमीहरूको दिमागमा भूस कोचिएको अनुभव मलाई हुन थालेको छ। त्यही भएर म तिमीहरूलाई व्यवहारिक माग्ने धर्मबारे अरु स्पष्ट पार्न चाहन्छु ।”
उसले स्पष्ट पार्दै भन्यो “हेर्नु, वर्तमानमा हामी विश्वका एकमात्र हिन्दू अधिराज्यका नागरिक भए तापनि हाम्रो व्यवहारिक धर्म माग्नु नै रहन गएको छ । माग्नुलाई हामीले हाम्रो संस्कारगत धर्म माने पनि अन्यथा पर्ने छैन ।”
मैं “भनिन्छ धर्म राजनीतिबाट होइन, राजनीति धर्मबाट प्रभावित हुन्छ। यो शाश्वत भनाइ हाम्रो राजनीति, अर्थनीति र संस्कृतिमा पूर्णरूपले लागू भएको पाइन्छ । वजेट कुनै पनि देशको आर्थिक, सामाजिक तथा राजनैतिक संरचनाको मेरुदण्ड मानिन्छ । यी समग्र कुराहरूलाई समेटेर बजेट बनाइएको हुन्छ । त्यही बजेटको अधिकांश हिस्सा माग्नु मै निर्भर रहेको हुन्छ । हाम्रो सरकार, नेता, मन्त्री र एन्जीओहरू, दात्री सस्था र देश खोजेर माग्नमै अभ्यस्त छन् । स-साना निजी संस्थानदेखि प्रज्ञा प्रतिष्ठानसम्म मागेरै चलाइएको पाइन्छ । त्यसैले माग्नु हाम्रो दर्शन, आदर्श र सभ्यता बनिसकेको छ । अझ स्पष्ट रूपमा भन्नु पर्दा एउटा स्वाभाविक धर्म बनिसकेको छ । के मन्त्री ? के भिखारी ? के समाजसेवी ? के अधिकारी? नमागी कसैलाई सुख्खै छैन । देश चलाउन पर्यो माग्नै पर्यो । घर
चलाउन पन्यो- माग्ने पन्यो । उद्योगधन्दा बन्द व्यापार मन्या माग्न पन्या । माग्दा माग्दा हामी यत्ति अभ्यस्त बनिसक्यौं कि हामी आफैले फालेको आची सफा गर्न पनि विदेशीसंग माग्ने भैसक्यो । यसरी बतावरणलाई स्वस्थ र हराभारा पार्ने भयो । त्यही तथा सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको स्पष्ट भेटिन्छ । त्यसैले पनि ‘माग्न भएर हाम्रो माग्ने प्रवृत्ति नै धर्म बनिसक्यो । यही धर्मले देशको आर्थिक, राजनीतिक हाम्रो व्यवहारिक धर्म बनिसकेको छ ।”
*यो त भयो माग्ने धर्मले राजनैतिक तथा आर्थिक स्थितिमा प्रभाव पारेका कुराहरू ।” साथीले आफ्नो व्याख्यानलाई अरु स्पष्ट पार्ने प्रयास गर्दै भन्यो- ‘हाम्रा सम्पूर्ण सामाजिक र सांस्कृतिक संरचनाहरू माग्नु पर्ने कर्मबाट अप्रभावित छैनन् । यहाँसम्म कि नानीहरूले गला सुक्ने गरी रोइरोई नमागिन्जेल आमाहरूले दूध चुसाउन वास्तै गर्दैनन् । आफ्ना तन्नेरी भैसकेका छोराहरूको पुरुषार्थ केलाउन पनि अर्काकी छोरी माग्नै पर्ने। छोराहरूले आमाबुबासँग हक अधिकार माग्नु पर्ने। बन्द व्यापार सरसापटमा नमागी कसैले दिदै नदिने। दिनभरि असिना पसिना गरेर श्रम गरेको पैसा पनि नमागेसम्म साहूले दिदै दिदैन । त्यसैले माग्नु हाम्रो धर्म मात्र होइन शाश्वत सत्य नै बनिसकेको छ ।”
साथीले निरन्तरता दिदै भन्यो- ‘हाम्रो समाजमा अरु त अरु कुरा, मान सम्मानको कुरा उठ्छ, इज्जत प्रतिष्ठाको कुरा उठ्छ ती मान सम्मान र इज्जत प्रतिष्ठा पनि नमागी कहाँ पाइन्छ ‘कतै मनसुन आउनु पर्छ, कतै भनसुन आउनु पर्छ अनिमात्र मान सम्मान, इज्जत प्रतिष्ठा पाइन्छ । त्यही भएर जनता जनार्दनहरू आफ्नो हक अधिकार माग्न पछि पर्दैनन् भने तिनै जनताको प्रतिनिधित्व गर्नेहरू आफ्नो सुविधा र सहुलियत माग्न पछि पर्दैनन् । त्यसैले चाहे माल कार्यालय हुन् चाहे दाल कार्यालय (या कुनै कार्यालय। चाहे घुम्ने कुर्सीमा बस्नेहरू हुन्, चाहे मठमन्दिर या गुम्बा बिहारमा घुंडा धस्नेहरू हुन् माग्न कसैले छोड्दैनन् । यसैले पनि माग्नु हाम्रो स्वाभाविक र नैसर्गिक धर्म बनिसकेको छ।”
“माग्ने धर्मबाट हाम्रो कुनै पनि दर्शन चिन्तन अप्रभावित छैन । अरु त अरु ‘जहां नपहुंचे रवि वहाँ पहुंचे कवि’ भनिने उच्चतम बौद्धिक चिन्तकहरू पनि माग्नु पर्ने वाध्यताबाट वच्न सकिरहेका छैनन् । पारिश्रमिक लिन पर्यो माग्नै पर्ने हुन्छ । रोयल्टी लिन पर्यो माग्नै पर्ने हुन्छ । किताब विक्रीको पैसा लिन पर्यो माग्नै पर्ने हुन्छ । यत्तिसम्म कि कहीं कतै सम्मान पुरस्कारको रकम पनि नमागी दिदैनन् । भनेपछि, माग्नेलाई हाम्रो संस्कृति, सभ्यता र नैसर्गिक धर्म अधिकार नभने के भन्ने ?”
गिलासको कफी रित्तिइसकेको थियो । साथीहरू एकछिन मुखामुख गरे, कोही बोलेनन् । वातावरण एकछिन मौन र शान्त रह्यो । “तेरो धर्म पुराणको महत्त्वज्ञान थाहा पाइयो । कुरा सकियो होइन ? अब जाऊँ भन्दै छेउको साथी उठ्यो, हामी सबै उठ्यौ। कफीको पैसा कसले तिर्यो थाहा भएन, सोध्न पनि सोधिएन । हामी सबै बाहिरियौं। बाहिर अझै चिसो थियो ।
०००
पाेखरा
श्री पशुमहापुराण (२०५७)
Subscribe
Login
0 Comments
Oldest








































