साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँजडाभित्रका मान्छे

चातुर्य मस्तिष्क सबै लगाई पक्डेर राख्छन् गजराजलाई सामर्थ्य यस्तो तर बाध्यतामा मान्छे स्वयम् छन् पिँजडाहरूमा पायो जता राख्छ सबै थुपारी रित्तो सधै लालचको भकारी घाँडो भिरी इज्जतको गलामा मान्छे स्वयम् छन् पिँजडाहरूमा ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

छोपेर पन्छी किन व्यर्थ थुन्छन्
खोला नदीमा किन जाल थाप्छन्
नौला नयाँ रूप र आबरूमा
मान्छे स्वयम् छन् पिँजडाहरूमा

जे जे परोस् गर्न गरूँ कमाउँ
ऐश्वर्यको रास ठुलो लगाउँ
यस्तै सयौं चाहत तिर्सनामा
मान्छे स्वयम् छन् पिँजडाहरूमा

हेर्दा यहाँ मानिसको चरित्र
बन्दी सबै देख्दछु भित्रभित्र
भन्छे सुगासँग खुसुक्क मैना
मान्छे स्वयम् छन् पिँजडाहरूमा

आफ्नै क्षुधाको करिया छ मान्छे
तृष्णाहरूकै भरिया छ मान्छे
मै खाउँ मै लाउँ यसै क्षुधामा
मान्छे स्वयम् छन् पिँजडाहरूमा

चातुर्य मस्तिष्क सबै लगाई
पक्डेर राख्छन् गजराजलाई
सामर्थ्य यस्तो तर बाध्यतामा
मान्छे स्वयम् छन् पिँजडाहरूमा

पायो जता राख्छ सबै थुपारी
रित्तो सधै लालचको भकारी
घाँडो भिरी इज्जतको गलामा
मान्छे स्वयम् छन् पिँजडाहरूमा ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x