साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भू-शासन

गरिब दुःखी अनि आफू जस्तै मानिसलाई मानिस नगन्ने प्रवृतिको जग बसेको छ । यो प्रवृति भनेको वनको बाघले नखाए पनि मनको बाघले खाने प्रवृति हो ।

Nepal Telecom ad

माधव पोखरेल गाेज्याङ्ग्रे :

हामीले धेरै प्रकारका शासन देख्यौँ । कुशासन, घुशासन, चुशासन, चौकासन, टशासन, ढँटासन, भ्रष्टासन, छुशासन, झुशासन, टुशासन, टुक्कासन, ठुशासन, डुक्रासन, ढुकासन, थुकासन देखियो । यसैगरी धोकासन, पोकासन, फुशासन, फोकासन, बोकासन,भुकासन, भोकासन, मौकासन, लुकासन, लौकासन लगायतका कदेखि ज्ञसम्मका विविध प्रकारका शासनहरु देख्यौँ भोग्यौँ । अबको समयमा भने हामीले भुसमा आगोलाग्ने र जमिनमा हुने शासन भूशासन पनि देख्ने पक्का जस्तै भएको छ ।

शासन प्रशासन चलाउनु सहज छैन । त्यसैले शासन चलाउनेहरु लुकेर बस्छन् । त्यो पनि व्यवशासनमा बसेर शासन चलाउनेहरु आफूलाई देवता कै दूर्लभ अवतार ठान्छन् । आफ्‌नै घरमा पनि शौचालय जाँदा समेत आफैप्रति शङ्का गरेर शौचशासन चलाउने महासयहरुको विषयमा धेरै के भन्नु पर्ला र ! शासन शासकले कानून अनुसार भन्दा पनि आफ्‌नो मर्जीले चलाउने विषय हुने गरेको समयमा विधिका कुरा गर्नु सान्दर्भिक हुँदैन । विधिलाई चिरीपिचिरी बनाएर सुशासन खोज्ने हाम्रो नियतमाथि लाखौँ प्रश्नहरु तेर्सिएका छन् तर त्यसको जवाफमा आउँछ नयाँले केही गर्छ र केही गरेर देखाउन आएको हो । हो देखाउँदैछ नयाँले भूशासन । जसको परिणाम देशका लाखौँ सुकुम्बासीले भोगिरहेका छन् । सुकुम्बासीहरु हुकुम्बासीको शासन भोग्न आएका थिए र भोग्दै छन् ।

हुकुम्बासीहरुले हुने नहुने सबै सुकुम्बासीहरुलाई नै भोगाइरहेका छन् । किनभने सुकुम्बासीहरु भनेका भुमिका भोका हुन । भूमिका भोका भनेका वामपन्थीका पोका हुन । त्यसैले अहिले देशमा भूशासन चलेको छ । अर्थात् अर्को भाषामा भन्नु पर्दा वामपन्थी मास अभियान नै भूशासन हो भन्दा फरक पर्दैन । अधिकांश सुकुम्बासीहरु वाम विचारसँग सम्बन्धित रहेकोले हिजो काठमाण्डौ महानगरबाट नै शुरु भएको हो यो भुशासनको अभियान । आज पनि महानगरबाट नै शुरु भएको छ भूशासन ।

भूशासनमा पनि दुई प्रकारका शासन छन भुशासन र भू—शासन । पहिलो भुशासनको कुरो गर्दा भुसभित्र सल्कने आगो झैँ धुँवा आउने तर बाहिर नसल्कने गरी गरिएको शासन र अर्को भनेको भू—शासन चाहिँ अर्काको भूमिमा गरिने अर्थात् सुकुम्बासीहरुको बस्तीको जग्गामा शासन गर्ने प्रवृति हो । तर यि दुबै शासन शासककालागि घातक हुन भन्ने कुरा पनि हालै प्रमाणित भैसकेको छ । भित्रभित्रै भुसको आगो सल्काएर त्यो सल्केको आगोमाथि शासन गर्ने प्रवृति पनि भुशासन र भू—शासन हो र नेपालमा अहिले यस्ते भैरहेको छ ।

अर्को महत्वपूर्ण कुरा केहो भने जनताका अगाडि उभिएर जनताका प्रश्नको जवाफ डरले दिन नसक्ने अनि फेसबुकको भित्तोमा सबैलाई सबक सिकाउने र आफूचाहिँ कुना पसेर बस्ने संस्कारको कृत्रिम विकास भैरहेको छ । गरिब दुःखी अनि आफू जस्तै मानिसलाई मानिस नगन्ने प्रवृतिको जग बसेको छ । यो प्रवृति भनेको वनको बाघले नखाए पनि मनको बाघले खाने प्रवृति हो । जनताले निर्वाचित गराएर पठाएको जनप्रतिनिधिले जनताका माझमा गएर बोल्न हिच्किचाउनु भनेको जनमतको कदर गर्न नसक्नु हो र विगतमा गरेको गल्तीले मनमा त्रास फैलिएर आफै ओइलिएको हो भन्न सकिन्छ । जुन कुरा सुशासनको संकेत होइन भू—शासनको संकेत हो ।

अर्को कुरा भित्रभित्रै सल्किएको भुसको आगोमाथि बसेर गरिएको भू—शासनले संवैधानिक हक अधिकार तथा मान अधिकारका विषयमा र संविधानको पालनामा पनि विभेदकारी नीति अनुसार अघि बढ्ने संकेत देखा परेको छ । त्यही संविधानलाई टेकेर जनप्रतिनिधि बन्ने अनि त्यही संविधानलाई कुल्चिएर संविधानको मर्मलाई हत्या गर्ने परिपाटीको जन्म दिनु भनेको नै स्वार्थगत प्रवृतिको भुशासन हो भन्दा फरक पर्दैन । भू—शासनका बारेमा जानकार तथा विज्ञहरुको राय सुझाव विनाको झुकावले खाल्डोमा जाकिन सक्छ ।

भूशासन जग्गा जमिन नभएका जनताका लागि हुनु पर्नेमा भएकाहरुलाई पनि डोजर लाएर विद्रुपताकासाथ लखेटिएको मानवता बिहीन अवस्थामा भू—शासकहरु घृणाका उपासक भएको पाइन्छ । यो सिधै भूमिमाथि शासन गर्न आएको जस्तो देखिन्छ । जसरी अंग्रेजहरुले नेपाली भूमिमा अधिकार जमाएर नेपाललाई नै आफ्‌नो बनाउन खोजेका थिए । ठिक त्यसरी नै सुकुम्बासीहरुको भूमिमाथि हक अधिकार जमाउन खोजिएको छ ।

अर्को कुरा के भने हिजो पञ्चायती शासनको समयको झल्को दिने खालको प्रवृति जन्मिएको आभास पाइएको छ । भूमिमा सबैको पहुँचको अधिकारलाई लत्याएर घरबार बिहीन अवस्थामा पारेर भत्किएको घर टहरामा रमिता हेर्नु अहिलको भू—शासकीय सरकारको दिनचर्या भएको स्पष्ट भएको छ । डोजरले भत्काएका सुकुम्बासीका घर टहरामाथि भू—शासन चलाउनु भुशासन सरकारको दैनिकीले समाजमा त्रास उत्पन्न गराएको छ । जुन त्रासले सम्मानित तवरले जीवनयापन गर्न भुशासनको जालोले दिंदैन ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x