साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुट्यो डोजरले

सारा सम्पति मासियो क्षणिकमा भत्क्यो सबै साधना वर्षौ वर्ष लगाउँदै परिश्रमी ठेला उठे हातमा भत्केका सपना उठाउन यहाँ जाने भयो जीवन पीडा खप्न सकेन रात भरि नै बग्यो उसै जीवन ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

तिम्रो शान र ठाँट छैन गतिलो लाटो बनेको कति
आत्माले किन हो ? समाजतिरको सोच्दैन एकै रति
पीडामा रहने ति मानवहरू रोएर बस्ने यता
आगो बाल्न सधैँ हतार किन हो ? छौ मस्त आफैँ उता ।

आशा थ्यो सबमा बिहान पखको, राती भयो के गरी
कालो रात सरी भयो सकलको त्यो बास उठ्दा घरी
रोएका महिला र बालकहरू पीडा भयो साथमा
सुत्केरी अनि बृद्ध जेष्ठ जसको बासै गयो रातमा ।

आमा बा परिवार साथ रहने सिद्धान्त राम्रो थियो
पापीले सब बास ध्वस्त हुन गो बेहाल पारी दियो
रोगीको घरबासमा सकस भो पीडा खपेका कति
बृद्धाबृद्ध र अशक्त बालकहरू छट्पट् गरेका अति ।

खुल्ला ठाउँ छ छैन बास उसको आकाश छानो भयो
कालो रात कटाउनै छ जसरी सन्तान रोगी भयो
जग्गाहीन भएर बाहिर कतै छाप्रो थियो स्वर्ग झैँ
लुट्यो डोजरले बिहान नहुँदै आँखा रुझे शोक झैँ ।

सारा सम्पति मासियो क्षणिकमा भत्क्यो सबै साधना
वर्षौ वर्ष लगाउँदै परिश्रमी ठेला उठे हातमा
भत्केका सपना उठाउन यहाँ जाने भयो जीवन
पीडा खप्न सकेन रात भरि नै बग्यो उसै जीवन ।

००० 
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x