साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य स्रष्टा लुइँटेल र कलाकार न्यौपाने सम्मानित

कार्यक्रममा युवा हास्यव्यङ्ग्यकार सीता न्यौपानेले महिला सशक्तीकरणका साथसाथै युवाहरूमा अध्ययनको आवश्यकता रहेको विषयवस्तु राख्दै हास्यव्यङ्ग्य प्रस्तुति दिनुभयो ।

Nepal Telecom ad

मकवानपुर, हेटाैँडा । सिस्नुपानी नेपाल मकवानपुरले विद्यार्थीबिचको ३७ हजार राशिको हास्यव्यङ्ग्य प्रतियोगिता र २ हास्यव्यङ्ग्य स्रष्टाहरूलाई ४५ हजार राशिसहित सम्मान कार्यक्रम गरेको छ ।

मकवानपुर जिल्लाभित्रका कक्षा १२ सम्मका विद्यार्थीहरूबिचको हास्यव्यङ्ग्य प्रहसन प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएको छ । सो प्रतियोगितामा नवोदयले १५ हजार राशिसहित पहिलो पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा १० हजार राशिसहित जनप्रिय मावि दोस्रो, ७ हजार राशिसहित बुद्ध मावि तेस्रो र ४ हजार राशिसहित शारदा माविले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।

हास्यव्यङ्ग्यका विविध प्रस्तुति र प्रतियोगिता गर्दै आएको सिस्नुपानीले नवपुस्ताका कलाकार पहिचान गर्दै आगामी कार्यक्रमहरूमा नवपुस्तालाई समावेश गर्ने र हास्यव्यङ्ग्य कलाकारिताप्रति रूचि जगाउने उद्देश्यका लागि सो कार्यक्रम आयोजना गरिएको अध्यक्ष संप्रस पौडेलले बताउनुभयो ।

कार्यक्रममा सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्कौली अनलाइनका प्रधान सम्पादक नरनाथ लुइँटेललाई २५ हजार रूपैयाँ राशिको गणेश पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरिएको छ ।

कार्यक्रममा युवा हास्यव्यङ्ग्यकार सीता न्यौपानेले महिला सशक्तीकरणका साथसाथै युवाहरूमा अध्ययनको आवश्यकता रहेको विषयवस्तु राख्दै हास्यव्यङ्ग्य प्रस्तुति दिनुभयो । उहाँलाई संस्थाले २० हजार राशिको आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरेको छ ।

सिस्रुपानी नेपाल मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा आयोजित प्रतियोगितामा मकवानपुर जिल्लाभित्र अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूलाई २ चरणमा छनोट गरिएको, अङ्क निर्धारण गर्दा विषयवस्तु, हास्य र व्यङ्ग्यका विधि तथा शैली, अभिनय, समय व्यवस्थापनजस्ता क्षेत्रमा विशेष ध्यान दिइएको निर्णायक मण्डलका संयोजक उज्ज्वल शर्मा भण्डारीले बताउनुभयो ।

प्रतियोगितामा सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक वेथितिलगायतका समसामयिक विषयहरूमाथि विद्यार्थीहरूले हास्यव्यङ्ग्य प्रस्तुति दिएका थिए । दर्शकहरू विद्यार्थीका प्रस्तुतिसँगै रमाइरहेका थिए ।

सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य क्षेत्रमा सक्रिय अग्रज तथा नवप्रतिभासमेत गरी २ स्रस्टाहरूलाई हरेक वर्ष सम्मान समर्पण गर्दै आइरहेको सचिव सुमार्गी हुमागाईँले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष राजकुमार लामिछानेले स्रस्टा परिचय गराउनु भएको कार्यक्रममा ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, सिस्नुपानी मकवानपुरका संस्थापक तथा हास्यव्यङ्ग्यकार आरसी रिजाल र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले मन्तव्य राख्नु भएको थियो ।

संस्थाका सदस्य अजर फुयाँलले सहजीकरण गर्नु भएको कार्यक्रम ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको हो ।

०००
संप्रस पाैडेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x