फित्काैली डटकमअनुपमको १५७ औँ वसन्त विशेष कविगोष्ठी सम्पन्न
कार्यक्रममा विशिष्ट अतिथि एवं समीक्षक पुरुषोत्तम सिग्देल, डा. बमबहादुर थापा जिताली गरिमामय उपस्थिति रहेकाे थियाे ।

काठमाडाैं । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५७ औँ नियमित स्वतन्त्र विधा वसन्त विशेष कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देलकाे आतिथ्यमा सम्पन्न भयाे ।
जुम प्रविधिबाट सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि एवं समीक्षक पुरुषोत्तम सिग्देल, डा. बमबहादुर थापा जिताली गरिमामय उपस्थिति रहेकाे थियाे ।
यस पटकककाे काव्यगोष्ठीमा छन्द, स्वछन्द, कविता, मुक्तक रोचक ढङ्गबाट कविहरूले रचना प्रस्तुत गरेका थिए । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरिएका थिए ।
यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्नेहरूमा भुवनहरि सिग्देल (मणिमाला – बूढीलागी रमितामा), दुर्गाप्रसाद सिग्देल (स्रग्धरा – बाजे), पुरुषोत्तम सिग्देल (वसन्ततिलका – गाऊँ वसन्ततिलका), गणेश आत्रेय ( द्रुतविलम्वित- वसन्त), डा.बमबहादुर थापा जिताली (हारिणी – वसन्तको विसङ्गति), हरिप्रसाद घिमिरे ( पञ्चचामर- वसन्त), सूर्यकुमार पण्डित (छाया– वैशाख लागेपछि), हरिप्रसाद चौलागाईं (पञ्चचामर– नसोध को हँ हे चरी), जगदीश्वर पोखरेल (वसन्ततिलका– कोकिल हो वसन्त), सुधा बाँस्कोटा ढकाल (इन्द्रवज्रा – बुद्ध जयन्ती), दुर्गा रिमाल अधिकारी (इन्दिरा– कृष्णमा प्रेम), बिनुबाबा घिमिरे भण्डारी (इन्दिरा– नाच्न आउला) उत्तम भेटुवाल (स्रग्विणी– बुद्ध आऊन्), वीरबहादुर लोहनी ( छन्द- असारे झ्याउरे – वसन्त ऋतु) टेकबहादुर ( सवाई- बुद्ध जयन्ती) र उर्मिला पाण्डे हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देलले अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा योगदान गरिरहेको बताउँदै स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ भन्नु भयो । भाषाको उन्नयनमा योगदान पुऱ्यायाइरहेको बताउउनु भयो ।
समीक्षक पुरुषोत्तम सिग्देलको वाचन गरिएका सिर्जनाको सुललित किसिमले समीक्षा गर्नु भएको थियो । समीक्षकको कविता डा.बमबहादुर थापा जितालीले विशिष्ट किसिमले समीक्षा गर्नु भएको थियो ।
अध्यक्ष भुवनहरि सिग्देलले भाषा मात्र कविता होइन भन्दै कविले रचनात्मक रखवारी निर्वाह निर्बाह नगर्ने हाेभने कवि र देश सकिन्छ भन्नु भयो । उहाँले संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भइ कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।
कविगोष्ठी संयोजन कुशल किसिमले कोेषाध्यक्ष दुर्गा रिमाल अधिकारीले गर्नु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































