साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो भएछू अब

साठी बर्ष पुग्यो भने मनुजले, बर्खास्त गर्छन् सब। रित्तो जेब भयो कमाइ नहुँदा, चाहिन्छ पैसा जब।। लाग्यो रोग जबै अशक्त तन भो, बिरक्त भो यो मन। छोडी जान कतै सकिन्न अब झन्, तोडेर यो बन्धन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

छाला चाउरिए र दाँत हलिए,आँखा भए तिरमिर।
जो थ्यो तागत छैन आज तनमा, बुढो भएँ आखिर।।
स्याँस्याँ सास बड्यो भयो असजिलो,उठ्दा र बस्दा पनि।
काँप्छन् हात र पाउ काम गरदा, सक्दैन केही पनि।।

फुर्ती छैन शरीर यो थकित भो, पच्दैन हो भोजन।
सारो खान सकिन्न दाँत नहुँदा, भो कष्टको जीवन।।
केही आर्जन हुन्न काम नगरी, चाहिन्छ धेरै अब।
बृद्धाकै घर जुट्दछन् समुहका सम्बन्ध राख्ने सब।।

सोच्दैनन् अबका कुपुत्र जनले, माता पिता हुन् भनी।
पुर्खाको धनसम्पती उडाइकन पो, भन्छन् कमाएँ भनी।।
जैले काम गरी कमाइ गरथेँ, साँचेँ नखाईकन।
भोको बस्न परेछ आज कतिले, के कामको त्यो धन।।

साठी बर्ष पुग्यो भने मनुजले, बर्खास्त गर्छन् सब।
रित्तो जेब भयो कमाइ नहुँदा, चाहिन्छ पैसा जब।।
लाग्यो रोग जबै अशक्त तन भो, बिरक्त भो यो मन।
छोडी जान कतै सकिन्न अब झन्, तोडेर यो बन्धन।।

आफ्नै आर्जनमा हुँदैन अधिकार, बूढो भएमा जब।
केही जान्न रहेछ साथ कसकै, छोडेर जान्छन् सब।।
दिन्नन् रे कहिलै मिठोर मसिनो, थ्यो पेट भोको जब।
दिन्छन् खान अनेक भोजनहरू पच्दैन खाए अब।।

०००
टिकापुर, कैलाली 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x