साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

मन्दिर हुन् वय ज्येष्ठ अपार सत्य यही छ ठुलो बुझ सार बालक वृद्ध तिनै पछि बन्छन् ज्येष्ठहरू अति कष्ट सहन्छन् ||

Nepal Telecom ad

उमा दाहाल :

ज्येष्ठहरू अति कष्ट सहन्छन्
दुख्छ घुँडा अति कष्ट बनेर
पोल्छ शरीर सदैव गलेर
आँसु सधैँ दिनरात बहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्||१||

दूर भए सब गाउँ र बस्ती
मित्र सँगै न छ प्रेम र दोस्ती
बुझ्छ उही जब साथ रहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्|२||

बालक झैँ छ यहाँ सब सोच
खोज्छ सदा भर आड र पोष
नेत्र जलेर यहाँ नीद भाग्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्||३||

तागत न्यून शरीर छ कम्प
लाग्छ न मिष्ट कुनै परिकार
भोग्दछु कष्ट हरेस चुलिन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्||४||

मन्दिर हुन् वय ज्येष्ठ अपार
सत्य यही छ ठुलो बुझ सार
बालक वृद्ध तिनै पछि बन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्||५||

०००
शान्ति नगर
२०८३|२|२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x