साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ यस्तै छ भाइ !

भावना किन उर्लिंदो हो कुन्नि ! वास्तविकता बुझेरै पनि भन्छन् कति छपाइस् ? लेखेर पो के पाइस् तेरो भावना भाव नै हैन त शून्यमा हराइस् ।

Nepal Telecom ad

ललिता ‘दोषी’ :

तिमी ओइलाएजस्तै
म पनि ओइलाइसकेको छु
हिँड्दाहिँड्दै थाकी आफैँसँग
चुपचाप बसेको छु
भैगो हतार नगर भाइ !
भोलि यहाँका बस्तीबस्तीले चिन्छन्
आज तिमी छैनौ, म छैन
भोलि हाम्रो नाम अमर हुन्छ

यहाँ यस्तै छ भाइ !
औँसीमा जून खोजिन्छ
जिउँदो छउन्जेल घोचपेच
मरेपछि मात्रै पुजिन्छ
आस्था एउटै भाइ !
मरेर अमर हुने
आज फ्याँकिएका रचना
होलान् ती आकाश छुने

यहाँ यस्तै छ भाइ !
मरेपछि तस्बिरले चिनाइन्छ
बाँचुन्जेल प्रेरणाले हत्या
मरेपछि प्रेरणा जगाइन्छ
माथि उठ्न साहित्य होइन भाइ !
आफन्त पो चाहिन्छ
दुई–चार अक्षर केरकार गर्न जान्नलाई
यहाँ ठूलो कवि लेखक बनाइन्छ
आफन्त छन् भने ‘क’ मात्र लेखे पुग्छ
अर्थसर्थ चाहिँदैन अनर्थै भए पनि
वाह ! वाह ! प्रशंसा पाइन्छ

तिम्रा आफन्त छैनन् भाइ !
त्यस्तै मेरो पनि
भावना किन उर्लिंदो हो कुन्नि !
वास्तविकता बुझेरै पनि
भन्छन् कति छपाइस् ?
लेखेर पो के पाइस्
तेरो भावना भाव नै हैन
त शून्यमा हराइस्

म हराएको होइन भाइ !
आफन्तको प्रतिस्पर्धाले
डराएको मात्र हुँ
भावनाको प्रतिस्पर्धा छैन यहाँ
त्यसैले कलम नचलाएको मात्र हुँ ।

०००
बुद्धनगर काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
बिल्ला

बिल्ला

ललिता ‘दोषी’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
झोले

झोले

खोलाघरे साहिँलोे
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
टीचर

टीचर

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x