साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उखेल्नेछौँ पङ्ख

मर्दाखेरि केके लान्छौ ? धक फुकाएर सारा नेपालीका मन यति दुखाएर । कसरी दिऊँ परिचय नेपाली हुँ भनी पुर्यौ हाम्रो अस्तित्व नै ठूलो खाडल खनी ।

Nepal Telecom ad

ललिता ‘दोषी’

लागेको छ मुटुभित्र
सधैँभरि तीर
झुकेको छ संसारमै
नेपालीको शिर ।

किन भयौ भ्रष्ट यस्तो
बुझनै सकिएन
विकराल आँधी अहो !
कहिल्यै रोकिएन ?

पोल्टाभरि हुँदाहुँदै
केवल जूनैजून
के पुगेन पापी तिमीलाई
चुस्यौ किन खुन ?

खोक्रो भयो देश अहो !
युवा पलायन
देख्दादेख्दै यस्तो दृश्य
मुटु चहराएन ?

धिक्कार छ तिम्रो जुनी
मान्छे बेच्ने दलाल !
कसरी सक्यौ पियाउन
कठै ! त्यो हलाहल ?

मर्दाखेरि केके लान्छौ ?
धक फुकाएर
सारा नेपालीका मन
यति दुखाएर ।

कसरी दिऊँ परिचय
नेपाली हुँ भनी
पु¥यौ हाम्रो अस्तित्व नै
ठूलो खाडल खनी ।

हाम्रै देशमै बल्छ आगो
किन सधैँभरि
हाल्छौ पासो निर्बोधलाई
मीठो चारा छरी ।

तिम्रा तिखातिखा चुच्चा
नच्यातेर हो नि !
पङ्ख फिँजाई उडेका छौ
पापी भ्रष्ट खुनी ।

उखेल्नेछौँ पङ्ख सबै
झार्छौं तलतल
त्यसपछि बग्ला नदी
गर्दै कलकल ।

०००
बुद्धनगर, बानेश्वर काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
बिल्ला

बिल्ला

ललिता ‘दोषी’
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x