ललिता ‘दोषी’छोड्दैन चिताले कवै
कस्तो गुट, उपगुट हो निर्दालाई लडाउँने मृत्यु त निश्चित छ नि ! अहो ! चालै नपाउँने ब्युँझ अब स्रष्टा, द्रष्टा नेता,कलाकार सबै नगर घोर अत्याचार अहो ! छोड्दैन चिताले कवै ।

ललिता ‘दोषी’ :
कसले छुट्टाउँने यहाँ
उज्यालो अँध्यारो खोइ ?
राम्रा कति छन् कति
तिनको हिसाब खोइ ?
पित्तलहरू अगि बढ्छन्
कुल्ची हिराहरू
देख्ने कहिले कसले
सपूतका चिराहरू
हग्नेलाईभन्दा लाज
देख्नेलाई हुन्छ सधैँ
चन्दन काटिन्छ बेपरबाह
तझरको राज छ सधैँ
कस्तो गुट, उपगुट हो
निर्दालाई लडाउँने
मृत्यु त निश्चित छ नि !
अहो ! चालै नपाउँने
ब्युँझ अब स्रष्टा, द्रष्टा
नेता,कलाकार सबै
नगर घोर अत्याचार अहो !
छोड्दैन चिताले कवै ।
०००
बुद्धनगर, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































