साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखाकाे मागपत्र

आत्मनिर्भर हुन ज्ञान सिपले सम्पन्नता दिने शिक्षा किन चाहियो म शक्तिसम्पन्नलाई ? थन्क्याइदिएँ बाेरामा किताबहरू अब म पढ्दा पढ्दा थाकेका आँखाकाे मागपत्र मस्त पढ्छु बिचमा उठाएर निद भङ्ग नगराउनू कसैले ...!

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

कत्राे बडेमाकाे रहर मेरो !
याे कुनै चानचुन रहर हाेइन
सिङ्गै देश बनाउने रहर
जान्ने भएदेखि यै रहरका पछि पछि
दौडेकाे दौड्यै छु नबिसाई !
जति पढेँ जे जे पढेँ देशकै लागि भनेर पढेँ
विदेश गएर पढेँ विदेसिन पढेँ
पढ्दा पढ्दा हाेस उडेका बेला
मार-काट के के भाे जेल पुगेँ त्यै पढेँ
किताबहरू त कति पढेँ कति !
म त पढ्नकै लागि जन्म्या मान्छेसरि पढिरहेँ
पढ्दै गएँ पढ्दै गएँ पढ्दापढ्दै कहाँ पुगिनँ ?
निरन्तरकाे गतिशील पढाइले
मलाई कति सुन्दर उचाइमा पुर्‍यायाे
खुसीले भञ्ज्याङ छाेयाे देउराली देख्यो
आहा कस्तो मजा ! कति शक्तिशाली पदमा पुगेँ !
लाउडा,धमिजा, एनसेल, ओम्नी, यति, सुन, जलहरी
सरणार्थी, भेटघाट यात्रा (भिजिटभिसा) जाबा यस्तै यस्ता
कान्डै कान्डै उत्पादन सामर्थ्य बढाउने युक्ति बुद्धि
प्राप्तिकाे मेसाे मिलाउन कति पढेँ हुँला !
कम्ता मुस्किल थिएन याे पढाइ
तर म मिहिनेती इमानदार भएर पढ्ने बिदेसिएर पढ्ने
विदेशीका लागि पढ्ने ,सार्वजनिक हाेइन
स्पेसल शिक्षाका गाेप्य किताब पढ्ने
घुस कमिसनका गाेप्य विधि पढ्ने मान्छे न परेँ
कानुनका ठेली पढेँ मलाई चैन झाेपडीलाई ऐन पढेँ
पढ्दापढ्दै यति पढेँ यति पढेँ कि अब त
मलाई कुनै नीति नियम अनुशासन विधि-विधान
क्यैले नछुने भाे ! नैतिकता चाहिँदै नचाहिने भाे
देशका अङ्ग अङ्ग सबैतिर आफै अनुकुल
संवैधानिक संरचना तयार भयाे ! हा हा !! ताली…
मलाई पढाइले दिएको युवालाई खाडी पुर्‍याउने
र वृद्धलाई थाङनामा सुताउने गन्तव्य भेटियो
अब भने मलाई पढ्नु छैन
टन्नै भरियाे मेरो रहरकाे बौचाे
माटाे जीवन सुशासन गतिशील पाइला
आत्मनिर्भर हुन ज्ञान सिपले सम्पन्नता दिने
शिक्षा किन चाहियो म शक्तिसम्पन्नलाई ?
थन्क्याइदिएँ बाेरामा किताबहरू
अब म पढ्दा पढ्दा थाकेका
आँखाकाे मागपत्र मस्त पढ्छु
बिचमा उठाएर निद भङ्ग नगराउनू कसैले …!

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x