आर.सी. रिजालखुराफाती
मैले- हो दाइ ! त्यसको ज्वलन्त उदाहरण तपाईं हामी यहीँ छौँ भनेँ । उनले के बुझे, के सोचे कुन्नि ? एकशब्द नबोली, जुत्ता बजारेर, अनुहार कालोनिलो पारेर हिँडे।

आर.सी. रिजाल :
वृद्धजन भन्दैमा सबै जाती हुँदैनन् । उदाहरण- हाम्रो टोलको ज्ञानप्रसादलाई लिनसक्छौं। उनलाई अर्काको कुरा काट्न नपाए छेरौटीले भेट्ला झैँ हुन्छ। समाजको संघसंस्थामा प्रवेश गर्न साह्रै चाह राख्छन् । तर उनको लोभीपापी बानीको कारण हानी पुगेको छ।
आज टोलको एक अधबैंसे व्यक्ति (जोसँग प्रतिस्पर्धा गर्दा ज्ञानकुमारले एकभोट मात्र ल्याएका थिए) बितेपछि उनले सारै थकथक मानेर- हेर भाइ !तँ हामी भन्या त “घरले जाजा घाटले आआ ” भन्ने उमेरका पर्यौं । बिचरा ! रविकुमार खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा बिते तापनि समाजलाई ठूलो योगदान दिएर गएका छ्न्। समाजले यस्ताको कदर गर्नुपर्छ। मैले बिहानदेखि पाँचपटक त समवेदना व्यक्त गरिसकेँ । वास्तवमा- “राम्रो मान्छे चाँडै ईश्वरको प्यारो हुन्छ” भन्ने भनाई सत्य साबित भयो भने ।
मैले- हो दाइ ! त्यसको ज्वलन्त उदाहरण तपाईं हामी यहीँ छौँ भनेँ । उनले के बुझे, के सोचे कुन्नि ? एकशब्द नबोली, जुत्ता बजारेर, अनुहार कालोनिलो पारेर हिँडे।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































