साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाऔँ कविजी घुम्न

आ…. कविजी ! ल, बन्द गर्नुहोस् त्यो पुरानो फुल्टिन झर्नुहोस् तल र धुनुहोस् त्यो हातमा लागेकोे मसी अनि हिंड्नुहोस् जाऔँ अलकापुरी तुल्य कान्तिपुरीतिर दुईचार दिन घुमौँला रामरउसले मन धोएर स्फूर्त भएर फिरौँला ।

Nepal Telecom ad

हरि कोर्काली :

आ… कविजी
कति बसिरहनु हुन्छ
यस्तो उखरमाउलो गर्मीमा पनि
बुढो तालु तताएर
सासै थुनि दिने
धुलो र धुवाँ पचाएर
यस्तो खस्रो हल्लालाई पनि
बुढेसकालले कर्‍याम कर्‍याम चपाएका
कानमा पसाएर ।

निस्कनु होस् शालिकबाट बाहिर
र, जाऔँ बरु हिंड्नुहोस्
उही तपाइँलाई साह्रै मनपरेको
अलकापुरी कान्तिपुरीतिर
दुईचार दिन घुमौंला
खोजी खोजी रोजी रोजी
त्यहाँका रामरउसहरूमा झुमौंला
उस्तै छन् कि बदलिए डिठ्ठा–बिचारीहरू हेराैँला
कस्तो हुनुपर्छ अबको बधुशिक्षा
बुझौँला
अनि आएर
जोडदार पाराले लेखौँला
हुन्न र ?

जाऔँ कविजी !
गएर
कान्तिपुरीभित्रको
अलकापुरी घुमौँ
देशी विदेशी चपलाहरूलाई
नजरका ओठले चुमौँ
पालिस र मालिसका नाममा
छ्यासछ्यास्ती खुलेका
तरुनीबरुनीशालाहरूतिर छिरेर
चपलाहरू अझै अबला नै छन् कि
सबला भैसके
बुझौँ
डान्सबार र डिस्कोथेकतिर घुसेर
आधुनिक मेनका, उर्वशी र तिलोत्तमाका
नृत्यहरू हेरौँ
शहर घुमेर
सुरूपिणीहरूमा मौलाएको कमनीय सौन्दर्य हेरेर
आँखाको प्यास मेटौँ
ठाउँठाउँमै विक्रीमा राखिएका सोखहरूलाई
खोजी खोजी अभिनन्दन गरेर
शारीरिक स्फूर्तिलाई ताजातर तुल्याऔँ
अनि फर्किएर
फुटकर पनि
जोडदार पाराले लेखौं
हुन्न र ?

आ…. कविजी !
ल, बन्द गर्नुहोस् त्यो पुरानो फुल्टिन
झर्नुहोस् तल र
धुनुहोस् त्यो हातमा लागेकोे मसी
अनि हिंड्नुहोस्
जाऔँ अलकापुरी तुल्य कान्तिपुरीतिर
दुईचार दिन घुमौँला
रामरउसले मन धोएर
स्फूर्त भएर फिरौँला
र फिर्दा
ल्यापटप र अरू नयाँ नयाँ साधनहरू पनि ल्याएर
छिटो छिटो गरेर लेखौँला
जोडदार पाराले
हुन्न र ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x