साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्कली

अक्कली रहिछ्‌यौ तिम्रो यो अक्कलले अर्थतन्त्रको सकल बढाउन केही त योगदान पुगेकै छ ठिक गरिछ्‌यौ अलिकतिले मात्र छोपेर ।

Nepal Telecom ad

हरि काेर्काली :

ठिक गरिछ्‌यौ
अलिकतिले मात्र छोपेर
ध्याप्पै छोपिदिएको भए त
देख्ने सम्भावनाहरू सखापै हुने थिए
अब देखिएला कि तब देखिएला कि भन्दै
क्वरक्वारती हेर्न आउनेहरू
कोही हुने थिएनन् ।

त्यति भएपछि त
देखिन्छ कि देखिन्छ कि भन्दै
देख्ने भाग्यमानी बन्न
आँखा फुलाई फुलाई
निर्निमेष हेर्दै
खल्ती खन्याइ रहनेहरू
ह्वारह्वार्ती आइ रहने छन्
र साहुजीको व्यापार
छनछनाइ रहने छ ।

अक्कली रहिछ्‌यौ
तिम्रो यो अक्कलले
अर्थतन्त्रको सकल बढाउन
केही त योगदान पुगेकै छ
ठिक गरिछ्‌यौ
अलिकतिले मात्र छोपेर ।

०००
नेपाल बन्द (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x