साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गया गए पाप पखाल्न

स्वर्ग कसैको बचनले माग्दैमा वा आदेश परमादेश दिदैमा प्राप्त भैहाल्ने बस्तु हाेइन । मत भन्छु पाप पखाल्ने निकृष्ट कर्मलाई भुल्ने अनेकौं बाहनामध्ये याे पनि एक हाे । पापकर्मले मतिभ्रष्ट र अमनचयन स्खलित हुन्छ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

दीर्घराेगले जहिले पनि स्याँस्याँ फ्याँफ्याँ हुँदाहुँदै अन्तमा त्यही राेगले पिण्ड खुवाएरै छाेड्याे । छाेराछाेरी घरभरी हुदा पनि मर्नेबेलामा अस्पतालकाे मुख देखाएनन् । सुइले पनि घाेचेनन् रुइले पनि तताएनन् , फुइले पनि सेकेनन् , अइया आथ्थु देखेकि देखेनन् पत्तै भएन । घरमै उसैगरी स्याँस्याँ फ्याँफ्याँ गर्न सकुनजेल गराए अनि देहकाे खलाती चल्न छाेडेपछि बिरामी हराए । भन्नेले त स्वर्गबास भयाे भन्छन् तर आफू त नजाने गाउकाे बाटाे नसाेध्ने परियो । नीति नजान्नेले खाेजीनीति पनि किन गर्नु पर्याे र । मधाैरुलाई पनि आफूले जे चर्छन् त्यही चराय । त्यसैले मधाैरु हराए ।
जसरी हुन्छ कमजाेर गराए । बुढाे गाेरु मरे भकाराे खालीहुन्छ भन्ने संकुचित साेचाइ । दिनसम्म दु: ख दिएर अभाव र अप्ठ्यारोमा पारेर हुर्मत लिन्छन् अनि गयामा गएर लम्पसार परेर जनै दायाँ र बायाँ घुमाउदै पिण्ड दिन्छन् र भन्छन् स्वर्गमा बास हाेस् ।

मलाई पनि लाग्छ छाेराेहाेस त यस्तै खास हाेस । जेहाेस सुखसुबिधा नै स्वर्ग हाेइन र ? खैत जीवित छँदै सुखसुविधा दिएकाे ? समयमा तातोपानी , खाजा, खाना र पाैष्टिक आहार सिहारसुसार अनि सिकिस्त बिरामी पर्दा उपचार नगर्ने बिरामीको हेरचाह गर्न छाेडेर तास र खानाकाे रासमा आफू हराउने अनि मधाैरुकाे प्राणपखेरु भुर्रर्रर उडेपछि तुर्रर आँसु चुहाउदै खुर्रर्रर दाैडिएर गयामा गएर पण्डितलाई हजारकाे नाेठ र पिण्डकाे झटाराे हान्दैमा मृतात्माले स्वर्गमा आसन जमाइहाल्छन् ? ओहाे ! कति आनन्द ।

यही बेतालले सारादुखकष्टकाे दुहाई हुन्छ ? त्यसाे हाे भने जीवितै छँदा तँ तँ म म गरेर मुख छाेड्दा फक्लक्क मरिहाल भनेर भन्नू हुन्थेन कि ? धर्मकर्म गर्दा दुई तीनसयकाे धाेती फरिया दान गर्छु भन्दा बुहारीलाई उचालेर चियाकाे गिलासमा तुफान ल्याउनु हुन्थेन , रणमुक्तेश्वर महादेवकाे प्रार्थना गर्नु हुन्थेन कि ? बृद्धअबश्थामा राति नाै दशबजे जीउनी मेराे नाममा नगर्नेभए मेराे घरमा नबस्नु भन्नू हुन्थेन कि ?आफूलाई जन्मदिने बाबुआमाकाे मन कटक्क खानेगरी तुच्छ बचनले डाम्नु हुन्थेन कि ? बुढाबुढीकाे आँखा छलेर पैत्रिक सम्पत्ति आफ्नो नाममा गर्नु हुन्थेन कि ? नक्कली माेहियानी हक देखाएर दाम पैसाे असुल्नु हुन्थेन कि ? बिरामी असक्तले चाेरेर फाेरेर खप्लक्क खाइदिन्छन् कि भनेर जतासुकै चाबीताला लगाएर पराइलाईझैं मनचित्त दुखाउनु हुन्थेन कि ? आफ्नो आत्माकाे भँडास पाेख्न सताेसराप गर्दै किन आनन्द मानेको ? खै बिरामीले पाउनुपर्ने न्युनतम सिहार- सुसार मानमनिताे अनि मर्यादा उपराेल्लेखित अतिचार ब्यभिचारमा पर्छन् ?

अनिवार्य आवश्यकता दुईसय पर्ने चर्पीकाे ढाेका हालेर माता पिताजीकाे इज्जत नढाक्ने अनि अहिले हजार दुई हजार , तीन हजार दिन्छु श्राद्ध गरिदिनु भन्दै पण्डित किन डाक्ने ? देउदेउता किन भाक्ने ? फुटेका पाउमा तातोपानी तेल क्रिम लगाइदिएर सिहारसुसार नगर्ने अनि अहिले चप्पल, जुत्ता , माेजा नुनदेखि लिएर सुनदान गरेर के गर्ने ? सुत्ने खाटमा कहिल्यै बाक्लाे डस्ना , नयाँ तन्ना, सिराने नफेरी दुर्गन्धित बिस्तरामा बिरामीलाई जिब्राे टाेक्न बाध्यपार्ने अनि अहिले गयामा गएर भिड जम्मा गरेर डसना,सिरानी , तन्ना ओड्ने ओछ्याउने सिर्जन्त दानकाे बण्डलले हान्दैमा मृतात्माले स्वर्गमा बास गरिदिनुपर्ने ? के मृतात्मा पापीहरुकाे कठपुतली हाे ?

मृतात्मा जसाेजसाे पुरेत बाजे उसाेउसाे स्वाहा गर्ने तेती निर्वल तत्व हाे र ? मृतात्मा अदृश्य वायुमण्डलमा बिचरण गर्दै निरन्तर सबल र सकृय हुन्छ । कर्म गराई ठिक नहुदा याे जीवितात्मामा प्रवेश गरेर डबल आत्मा बन्दै अनेकतरहले दु:ख दिनसक्छ । याे त्यस्तामा हावी हुन्छ जसले अधिकाधिक पापकर्म गरेको हुन्छ । गर्नैपर्ने कर्म कर्तब्यबाट पछिहटेकाे हुन्छ । त्यस्ताका सातपुस्ताले सास्ती सञ्चय गरेर राखेसरह हुन्छ । पागल , आजीवन कुँजाे, लुलाे , लंगडाे , दरिद्र्याँई , यस्तै असत्कर्मका उपज हुन् । सुन चादी सुखसयल बिरामीका रुचीका विषय हुदैनन् ? मिठाे मसिनो , सुखसयल, नरमकरम असक्तले भाेग्नै नपाउने ? खै मानवले मानव अधिकार बुझेकाे ? खै मान्छेले मधाैरुकाे मर्यादा र मनराख्न जानेकाे ?

बिरामीको ज्यान छँदा ध्यान कता थियोे ? अहिले खरानी भएपछि हरामीकाे यही हाे पारा । याे तालले हास्दैनन् सारा ? ऐजन ऐजन अनिवार्य सुविधाबाट किन विमुख गरियो र अहिले दिन रात काम मायामारेर हजारौं उडाउदै गया किन गएकाे ? के भएकाे ? ठूलो भएको कि धनाध्ये भएको ? आस्तिक भएको कि नास्तिक भएको ? के गरेको कहाँ गएको ? बिरामीले दु:ख पाउँदा नपग्लिएकाे नरसाएकाे मरुभूमि मन एकाएक किन रसायाे , कसरी ढुंगा टुसायाे ? कि मृतककाे गाडधन बसायाे कि जिउनी रसायाे ? पापी हाे ! नत्र किन कसरी पश्चिमबाट घाम उदायाे ? त्यस्तो दानी र ज्ञानी हुन बिरामी जीवित छँदा किन सकेनाै ? मन पेटमा पापकाे कसर काती धेरै जमेकाे हुनाले तेतिखेर अन्तरचक्ष्छुले बाटाे देखेन ? अहिले आफूलाई पनि अइया आत्थुले झक्झक्याउन थालेकाे हुनाले झसङ्ग भएर हाेला एकहुल पापीहरु लाैराे टेक्दै नारिएर गयामा गएर अट्टहासकासाथ मनकाे मैलाे भँडास पखालेर आए । पितृ भन्दापनि आफैं तृप्त भएर आए ।

पितृलाई स्वर्गमासनकाे प्रबन्ध मिलाएर पितृऋण अनि लुटधन, गाढधन, ठगधन, भाईबन्धु मारधनकाे धङधङीबाट माेक्षहुने मनसायले मनचंगा त कठाेती गंगा भन्दै कर्तव्यकाे सीमा मिच्नेहरु सीमा नाघेर आए । नाकाबन्दी लगाउनेसँग शरण मागेर आए । हाय भाईबन्धु फेरि खर्च असुलउपर गर्न मुखबाएर आए । नजिककाे तिर्थहेला गर्दै तेत्राे बाटो धाएर आए । एउटा एउटा निहुपार्दै पितृप्रसाद खाएर आए । तर देख्नेले नाङ्गो आखाले ठम्याउदै भन्छ घिचेका थिए अब पचाएर आए । पिण्डपानीसँगै लाजशरम पनि बगाएर आए । पापकर्मी , आडम्बरी , अधर्मीहरुकाे याे कर्म सायद पुस्तान्तरण हुदैजान्छ र गयाले नै यस्तालाई स्वर्ग लान्छ क्यार ठर्रामा डुब्दै ढर्रा पार्नेलाई ।

तर पाप पखालिदैन । लुटधनलाई कुनै काेणमा पनि छुट छैन । न राज्यले छुट दिन्छ न दैवले । बाबुआमाले गरेको पापकर्म शर्म नमानी छाेरा नातिले तातीलागेर ब्यहाेर्नु पर्छ । पाप कटनी गर्छु भनेर पिण्डकाे पछि नलागेदेखि नै बरु तेस्तालाई सहकाल आउँछ , नत्र बारै महिना बारैमास अनिकालै अनिकाल । त्यसैले राज्यले यस्तालाई थुनेपछि निकाल्दै ननिकाल । बरु जेलमै आओस् त्यसकाे काल ।

त्यसपछि धनभन्दा ऋण धेरै मानमनिताे भन्दा घिन धेरै भएर बाच्नुपर्छ । दुनियाँले पछाडिबाट छिछि भन्दै धारेहात लगाइ राखेका हुन्छन् । बिस्तारै हासाेखुसी उमंग रङ्गमञ्च समाज घरपरिवारबाट खाेसिदै जान्छ । त्यसैले दाजुभाई इष्टमित्र, बन्धुबान्धव देवस्व र राजस्वकाे कालाेधनमा रमाउनु हुदैन । साेझा सिदा गरीब निमुखालाई ठग्नु घाटी ङ्याँक्नु हुदैन । छक्का पञ्जा छाेडेर मन बचनकाे पक्का हुनुपर्छ । इमान जमान किन्न पाइदैन यसलाई स्वविवेकले संयमतापूर्वक आर्जन गर्नुपर्छ । आफ्नो पाैरख र पसिनाले आर्जेकाे सुकाेदाम जेजस्तो छ त्यसैमा बुर्कुसी मारेर खुसी हुन जान्नुपर्छ । खुसी नै सुख र स्वर्ग हाे चाहे त्यो गरीबीमा प्रकट हाेस या अमिरीमा । स्वदेशमा प्रकटहाेस या विदेशमा । घरभित्र प्रकटहाेस या बाहिर । दिदा हाेस या लिदा मन कञ्चन सफा र खुसी छैन भने त्यो कर्म ब्यार्थ छ ।

पापका भकारीले गयामै गएर घर बनाएर बसे पनि स्वर्गकाे कुनै ग्यारेन्टी र भर हुँदैन । स्वर्ग मेवाजस्ताे कसैको पेवा हाेइन । स्वर्ग कसैको बचनले माग्दैमा वा आदेश परमादेश दिदैमा प्राप्त भैहाल्ने बस्तु हाेइन । मत भन्छु पाप पखाल्ने निकृष्ट कर्मलाई भुल्ने अनेकौं बाहनामध्ये याे पनि एक हाे । पापकर्मले मतिभ्रष्ट र अमनचयन स्खलित हुन्छ ।

मानमर्यादाकाे शेयर बजार ओरालो लाग्छ । सुख , स्वर्ग भन्नेकुरा विशुद्ध अमनचयन पाैरख र पाखुरीमा लुकेर बसेकाे हुन्छ मात्र त्यसलाई ठम्याउन प्रकट गर्न वा उधिनेर प्रयोगमा ल्याउन जान्नु वा सक्नुपर्छ । विवेकशील प्राणीमा यस्तो ह्याउ र दाउ सुरक्षित छ भने स्वर्ग स्वदेशमै पहिचान्नुस् र भनेको मान्नुस गयाकाे लागि कागबेनी, विष्नुपादुका, देउघाट र गाेकर्णलाई बिर्सिएर कता नाकाबन्दी गर्ने मुलुकमा माेह जागेकाे हाेला । हे भगवान ! यी पापी परकालाई ठूलो आफ्नालाई लुलाे देख्ने र जनतालाई धुलाे चटाउने देशघातीलाई साँच्चै सद्बुद्धि देऊ सत चरित्रले नै यावत कुरा सुगम र सहज हुन्छ । यश पुण्य भूमिमा पाप शून्य बनाउने चारधाम गया यही छ । जेगर्नु छ यतै गर यहीँ चर यहीँ मर तर गया गया भन्दै पैसा फाल तर सीमापरी हामनफाल ।

०००
फूलबारी ११, पाेखरा कास्की ।
फाेन: ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
वरदान

वरदान

रमेश समर्थन
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x