शेषराज भट्टराईगया गए पाप पखाल्न
स्वर्ग कसैको बचनले माग्दैमा वा आदेश परमादेश दिदैमा प्राप्त भैहाल्ने बस्तु हाेइन । मत भन्छु पाप पखाल्ने निकृष्ट कर्मलाई भुल्ने अनेकौं बाहनामध्ये याे पनि एक हाे । पापकर्मले मतिभ्रष्ट र अमनचयन स्खलित हुन्छ ।

शेषराज भट्टराई :
दीर्घराेगले जहिले पनि स्याँस्याँ फ्याँफ्याँ हुँदाहुँदै अन्तमा त्यही राेगले पिण्ड खुवाएरै छाेड्याे । छाेराछाेरी घरभरी हुदा पनि मर्नेबेलामा अस्पतालकाे मुख देखाएनन् । सुइले पनि घाेचेनन् रुइले पनि तताएनन् , फुइले पनि सेकेनन् , अइया आथ्थु देखेकि देखेनन् पत्तै भएन । घरमै उसैगरी स्याँस्याँ फ्याँफ्याँ गर्न सकुनजेल गराए अनि देहकाे खलाती चल्न छाेडेपछि बिरामी हराए । भन्नेले त स्वर्गबास भयाे भन्छन् तर आफू त नजाने गाउकाे बाटाे नसाेध्ने परियो । नीति नजान्नेले खाेजीनीति पनि किन गर्नु पर्याे र । मधाैरुलाई पनि आफूले जे चर्छन् त्यही चराय । त्यसैले मधाैरु हराए ।
जसरी हुन्छ कमजाेर गराए । बुढाे गाेरु मरे भकाराे खालीहुन्छ भन्ने संकुचित साेचाइ । दिनसम्म दु: ख दिएर अभाव र अप्ठ्यारोमा पारेर हुर्मत लिन्छन् अनि गयामा गएर लम्पसार परेर जनै दायाँ र बायाँ घुमाउदै पिण्ड दिन्छन् र भन्छन् स्वर्गमा बास हाेस् ।
मलाई पनि लाग्छ छाेराेहाेस त यस्तै खास हाेस । जेहाेस सुखसुबिधा नै स्वर्ग हाेइन र ? खैत जीवित छँदै सुखसुविधा दिएकाे ? समयमा तातोपानी , खाजा, खाना र पाैष्टिक आहार सिहारसुसार अनि सिकिस्त बिरामी पर्दा उपचार नगर्ने बिरामीको हेरचाह गर्न छाेडेर तास र खानाकाे रासमा आफू हराउने अनि मधाैरुकाे प्राणपखेरु भुर्रर्रर उडेपछि तुर्रर आँसु चुहाउदै खुर्रर्रर दाैडिएर गयामा गएर पण्डितलाई हजारकाे नाेठ र पिण्डकाे झटाराे हान्दैमा मृतात्माले स्वर्गमा आसन जमाइहाल्छन् ? ओहाे ! कति आनन्द ।
यही बेतालले सारादुखकष्टकाे दुहाई हुन्छ ? त्यसाे हाे भने जीवितै छँदा तँ तँ म म गरेर मुख छाेड्दा फक्लक्क मरिहाल भनेर भन्नू हुन्थेन कि ? धर्मकर्म गर्दा दुई तीनसयकाे धाेती फरिया दान गर्छु भन्दा बुहारीलाई उचालेर चियाकाे गिलासमा तुफान ल्याउनु हुन्थेन , रणमुक्तेश्वर महादेवकाे प्रार्थना गर्नु हुन्थेन कि ? बृद्धअबश्थामा राति नाै दशबजे जीउनी मेराे नाममा नगर्नेभए मेराे घरमा नबस्नु भन्नू हुन्थेन कि ?आफूलाई जन्मदिने बाबुआमाकाे मन कटक्क खानेगरी तुच्छ बचनले डाम्नु हुन्थेन कि ? बुढाबुढीकाे आँखा छलेर पैत्रिक सम्पत्ति आफ्नो नाममा गर्नु हुन्थेन कि ? नक्कली माेहियानी हक देखाएर दाम पैसाे असुल्नु हुन्थेन कि ? बिरामी असक्तले चाेरेर फाेरेर खप्लक्क खाइदिन्छन् कि भनेर जतासुकै चाबीताला लगाएर पराइलाईझैं मनचित्त दुखाउनु हुन्थेन कि ? आफ्नो आत्माकाे भँडास पाेख्न सताेसराप गर्दै किन आनन्द मानेको ? खै बिरामीले पाउनुपर्ने न्युनतम सिहार- सुसार मानमनिताे अनि मर्यादा उपराेल्लेखित अतिचार ब्यभिचारमा पर्छन् ?
अनिवार्य आवश्यकता दुईसय पर्ने चर्पीकाे ढाेका हालेर माता पिताजीकाे इज्जत नढाक्ने अनि अहिले हजार दुई हजार , तीन हजार दिन्छु श्राद्ध गरिदिनु भन्दै पण्डित किन डाक्ने ? देउदेउता किन भाक्ने ? फुटेका पाउमा तातोपानी तेल क्रिम लगाइदिएर सिहारसुसार नगर्ने अनि अहिले चप्पल, जुत्ता , माेजा नुनदेखि लिएर सुनदान गरेर के गर्ने ? सुत्ने खाटमा कहिल्यै बाक्लाे डस्ना , नयाँ तन्ना, सिराने नफेरी दुर्गन्धित बिस्तरामा बिरामीलाई जिब्राे टाेक्न बाध्यपार्ने अनि अहिले गयामा गएर भिड जम्मा गरेर डसना,सिरानी , तन्ना ओड्ने ओछ्याउने सिर्जन्त दानकाे बण्डलले हान्दैमा मृतात्माले स्वर्गमा बास गरिदिनुपर्ने ? के मृतात्मा पापीहरुकाे कठपुतली हाे ?
मृतात्मा जसाेजसाे पुरेत बाजे उसाेउसाे स्वाहा गर्ने तेती निर्वल तत्व हाे र ? मृतात्मा अदृश्य वायुमण्डलमा बिचरण गर्दै निरन्तर सबल र सकृय हुन्छ । कर्म गराई ठिक नहुदा याे जीवितात्मामा प्रवेश गरेर डबल आत्मा बन्दै अनेकतरहले दु:ख दिनसक्छ । याे त्यस्तामा हावी हुन्छ जसले अधिकाधिक पापकर्म गरेको हुन्छ । गर्नैपर्ने कर्म कर्तब्यबाट पछिहटेकाे हुन्छ । त्यस्ताका सातपुस्ताले सास्ती सञ्चय गरेर राखेसरह हुन्छ । पागल , आजीवन कुँजाे, लुलाे , लंगडाे , दरिद्र्याँई , यस्तै असत्कर्मका उपज हुन् । सुन चादी सुखसयल बिरामीका रुचीका विषय हुदैनन् ? मिठाे मसिनो , सुखसयल, नरमकरम असक्तले भाेग्नै नपाउने ? खै मानवले मानव अधिकार बुझेकाे ? खै मान्छेले मधाैरुकाे मर्यादा र मनराख्न जानेकाे ?
बिरामीको ज्यान छँदा ध्यान कता थियोे ? अहिले खरानी भएपछि हरामीकाे यही हाे पारा । याे तालले हास्दैनन् सारा ? ऐजन ऐजन अनिवार्य सुविधाबाट किन विमुख गरियो र अहिले दिन रात काम मायामारेर हजारौं उडाउदै गया किन गएकाे ? के भएकाे ? ठूलो भएको कि धनाध्ये भएको ? आस्तिक भएको कि नास्तिक भएको ? के गरेको कहाँ गएको ? बिरामीले दु:ख पाउँदा नपग्लिएकाे नरसाएकाे मरुभूमि मन एकाएक किन रसायाे , कसरी ढुंगा टुसायाे ? कि मृतककाे गाडधन बसायाे कि जिउनी रसायाे ? पापी हाे ! नत्र किन कसरी पश्चिमबाट घाम उदायाे ? त्यस्तो दानी र ज्ञानी हुन बिरामी जीवित छँदा किन सकेनाै ? मन पेटमा पापकाे कसर काती धेरै जमेकाे हुनाले तेतिखेर अन्तरचक्ष्छुले बाटाे देखेन ? अहिले आफूलाई पनि अइया आत्थुले झक्झक्याउन थालेकाे हुनाले झसङ्ग भएर हाेला एकहुल पापीहरु लाैराे टेक्दै नारिएर गयामा गएर अट्टहासकासाथ मनकाे मैलाे भँडास पखालेर आए । पितृ भन्दापनि आफैं तृप्त भएर आए ।
पितृलाई स्वर्गमासनकाे प्रबन्ध मिलाएर पितृऋण अनि लुटधन, गाढधन, ठगधन, भाईबन्धु मारधनकाे धङधङीबाट माेक्षहुने मनसायले मनचंगा त कठाेती गंगा भन्दै कर्तव्यकाे सीमा मिच्नेहरु सीमा नाघेर आए । नाकाबन्दी लगाउनेसँग शरण मागेर आए । हाय भाईबन्धु फेरि खर्च असुलउपर गर्न मुखबाएर आए । नजिककाे तिर्थहेला गर्दै तेत्राे बाटो धाएर आए । एउटा एउटा निहुपार्दै पितृप्रसाद खाएर आए । तर देख्नेले नाङ्गो आखाले ठम्याउदै भन्छ घिचेका थिए अब पचाएर आए । पिण्डपानीसँगै लाजशरम पनि बगाएर आए । पापकर्मी , आडम्बरी , अधर्मीहरुकाे याे कर्म सायद पुस्तान्तरण हुदैजान्छ र गयाले नै यस्तालाई स्वर्ग लान्छ क्यार ठर्रामा डुब्दै ढर्रा पार्नेलाई ।
तर पाप पखालिदैन । लुटधनलाई कुनै काेणमा पनि छुट छैन । न राज्यले छुट दिन्छ न दैवले । बाबुआमाले गरेको पापकर्म शर्म नमानी छाेरा नातिले तातीलागेर ब्यहाेर्नु पर्छ । पाप कटनी गर्छु भनेर पिण्डकाे पछि नलागेदेखि नै बरु तेस्तालाई सहकाल आउँछ , नत्र बारै महिना बारैमास अनिकालै अनिकाल । त्यसैले राज्यले यस्तालाई थुनेपछि निकाल्दै ननिकाल । बरु जेलमै आओस् त्यसकाे काल ।
त्यसपछि धनभन्दा ऋण धेरै मानमनिताे भन्दा घिन धेरै भएर बाच्नुपर्छ । दुनियाँले पछाडिबाट छिछि भन्दै धारेहात लगाइ राखेका हुन्छन् । बिस्तारै हासाेखुसी उमंग रङ्गमञ्च समाज घरपरिवारबाट खाेसिदै जान्छ । त्यसैले दाजुभाई इष्टमित्र, बन्धुबान्धव देवस्व र राजस्वकाे कालाेधनमा रमाउनु हुदैन । साेझा सिदा गरीब निमुखालाई ठग्नु घाटी ङ्याँक्नु हुदैन । छक्का पञ्जा छाेडेर मन बचनकाे पक्का हुनुपर्छ । इमान जमान किन्न पाइदैन यसलाई स्वविवेकले संयमतापूर्वक आर्जन गर्नुपर्छ । आफ्नो पाैरख र पसिनाले आर्जेकाे सुकाेदाम जेजस्तो छ त्यसैमा बुर्कुसी मारेर खुसी हुन जान्नुपर्छ । खुसी नै सुख र स्वर्ग हाे चाहे त्यो गरीबीमा प्रकट हाेस या अमिरीमा । स्वदेशमा प्रकटहाेस या विदेशमा । घरभित्र प्रकटहाेस या बाहिर । दिदा हाेस या लिदा मन कञ्चन सफा र खुसी छैन भने त्यो कर्म ब्यार्थ छ ।
पापका भकारीले गयामै गएर घर बनाएर बसे पनि स्वर्गकाे कुनै ग्यारेन्टी र भर हुँदैन । स्वर्ग मेवाजस्ताे कसैको पेवा हाेइन । स्वर्ग कसैको बचनले माग्दैमा वा आदेश परमादेश दिदैमा प्राप्त भैहाल्ने बस्तु हाेइन । मत भन्छु पाप पखाल्ने निकृष्ट कर्मलाई भुल्ने अनेकौं बाहनामध्ये याे पनि एक हाे । पापकर्मले मतिभ्रष्ट र अमनचयन स्खलित हुन्छ ।
मानमर्यादाकाे शेयर बजार ओरालो लाग्छ । सुख , स्वर्ग भन्नेकुरा विशुद्ध अमनचयन पाैरख र पाखुरीमा लुकेर बसेकाे हुन्छ मात्र त्यसलाई ठम्याउन प्रकट गर्न वा उधिनेर प्रयोगमा ल्याउन जान्नु वा सक्नुपर्छ । विवेकशील प्राणीमा यस्तो ह्याउ र दाउ सुरक्षित छ भने स्वर्ग स्वदेशमै पहिचान्नुस् र भनेको मान्नुस गयाकाे लागि कागबेनी, विष्नुपादुका, देउघाट र गाेकर्णलाई बिर्सिएर कता नाकाबन्दी गर्ने मुलुकमा माेह जागेकाे हाेला । हे भगवान ! यी पापी परकालाई ठूलो आफ्नालाई लुलाे देख्ने र जनतालाई धुलाे चटाउने देशघातीलाई साँच्चै सद्बुद्धि देऊ सत चरित्रले नै यावत कुरा सुगम र सहज हुन्छ । यश पुण्य भूमिमा पाप शून्य बनाउने चारधाम गया यही छ । जेगर्नु छ यतै गर यहीँ चर यहीँ मर तर गया गया भन्दै पैसा फाल तर सीमापरी हामनफाल ।
०००
फूलबारी ११, पाेखरा कास्की ।
फाेन: ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































