साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकुरभाकुर

ट्रम्प चाहिँ अझै सिँगाैरी खाेजिस भने कहिल्यै नखसेकाे छाँगाबाट खसाइदिन्छु भन्दै सेतै फूलेकाे तिघ्राे ठटाइरहेकाे छ । बाफ रे !

Nepal Telecom ad

शेषराज भट्टराई :

शक्तिको सदुपयोग गर्ने प्रमुख क्रिया प्रतिक्रिया नै भकुरभाकुर । बाहुबलीवालेले निम्सरा वर्गमाथि थाेपरिएकाे अत्यन्तै कष्टकर बाेझ जुन सकिनसकि सामना गरिरहेको हुन्छ तर भकुरभाकुर पार्नेले ह्याकुलाले थिचेर भरमार भकुरिरहेकाे हुन्छ । भकुरीभकुरी भकुराइबाटै अलाैकिक आनन्द र स्वाद लिइरहेको हुन्छ ।

हाम्राे समाजमा पनि भकुरभाकुर पार्ने चलन पुरानै हाे । पहिला अलिक ढिला भकुर्थे भने अनुभव धेरै भएर हाेला अहिले तिब्र गतिले भकुर्छन् । घरमा हाेस या देशमा एउटा असली साँइदुवा जन्मियाे भने त्यसकाे नजर परेका वा देखेसुनेका जतिपनि छन् तिनका करङले दुखपायाे भनेर जाने हुन्छ ।

अहिलेकाे ताजा अवस्था भनाैभने अमेरिकाले जन्मदिएकाे ट्रम्प सरकारले भेनेजुयलाका राष्ट्रपति निकाेलस मुदुरेसकाे करङ साेज्याउन अमेरिकी सेनाले कन्याकेटीलाईझैं बाेकेरै लिएर गयाे । अब त्यसलाई कति काउकुती लगाउने हाे ठेगान छैन । काउकुती लगाउदा पनि नहासे याे मान्छे हाेइन भनेर पनि फालिदिन सक्छ।

अझ ताजा कुरा गराैं भने इरानका ३७ बर्ष शासनकाे अनुभव बटुलेका शासक आयतुल्ला खामेनी दुनियाँका डरले खुम्रे किराझै दुलाेभित्र अड्डाजमाएर हतियार समाएर खित्का छाेडिरहन्थे । कैयौंकाेस परकाे अमेरिकी शासकले कताबाट सुइकाे पाएछ कुन्नि इजरायलकाे बुइचढेर खुई गरेर सास फेर्न नदिइ खुत्रुक्कै पार्याे । सुरुङभित्रका खामेनीले अइया भन्न पनि नपाइ बारुदकाे धुँवासँगै उड्नु पर्याे । दुनियाँकाे साताे गयो । अमेरिकी शासकले अहिले धमाधम विश्व थर्किने गरि भकुरभाकुर गरिरहेको छ । फेब्रुअरी तीस दुईहजार छब्बीसदेखि भकुर्न सुरु गरेको अझै चार हप्तासम्म भकुरभाकुर पार्न मनलागेकाे छ भन्दै बासिरहेकाे छ । अर्काकाे देशमा बिनाकारण भकुरभाकुर पारेर नरसंहार गर्नु, मार्नु याे कहाँको प्रजातन्त्र ?

इरान पनि हाेक्काँ गरेर डुक्रिदै छेउछाउका छिमेकी देशहरु इजरायल , अरब, कुवेत, युएई, कतारतिर मिसाइल तीर ठसठस कन्दै मारिदिन्छु भन्दै तर्साउने र बर्षाउने मात्रै हाेइन साँच्चै भकुरभाकुरमै रमाइरहेकाे छ । आफूभन्दा कमजाेरले भकुरभाकुर पारेकाे सहन नसकेर ट्रम्प चाहिँ अझै सिँगाैरी खाेजिस भने कहिल्यै नखसेकाे छाँगाबाट खसाइदिन्छु भन्दै सेतै फूलेकाे तिघ्राे ठटाइरहेकाे छ । बाफ रे ! कस्तो समय आयो मानवअधिकार भन्ने जन्तुकाे कसैले पालनपोषण र सम्मान नै गर्न छाेडे । लाग्छ विश्व अहिले मत्स्यन्यायमा रमाइरहेकाे छ ।

नेपालका जुराेवाला जुझारु गाेरुले वि.सं. उन्नाइस सय तीनमा जङ्गबहादुरले सत्ता हत्याउन भएभरका आफ्ना भाईभारदारलाई भकुरभाकुर पारेर काेतपर्व मच्चाएर बाग्मतीका किनारमा सबैको एकै चिहान बनाएर त्यही चिहानकाे माथि आफ्नो प्रतिमा स्थापना गरेर रणमुक्तेश्वर महादेवकाे मन्दिर नामाकरण गरेका थिए । अब डाेनाल्ड ट्रम्पले पनि कति देशमा आफ्नो प्रतिमा ठड्याएर धुपधुवार गर्न लगाउने हुन समयकाेपत्र पल्टिदै जादा देख्न सुन्न कसाे नपाइएला त ।

सत्ताहत्याउन र आफू सत्तामा रहँदा भकुरभाकुर पारेर अमेरिकी शासकहरुले पनि विश्वजगतलाई निकै ठूलाठूला पाैरखहरु देखाएका छन् । इराकी शासक सद्दाम हुसेनलाई अमेरिकाले नै सिध्याएकाे हाे ।

भेनेजुयलाका राष्ट्रपति गुटुरेसको अपहरण अमेरिकाले नै गरेको हाे। अब अमेरिकाले आफ्नो इसारामा ननाच्ने उत्तर काेरिया, रुस, चाइनालाई कसरी भकुरभाकुर पार्ने भनेर अहाेरात्र बाइबलकाे पुजा गरिरहेको छ । युक्रेन र रुस लडाएर युक्रेनी खनिजसम्पदा अमेरिकी पाेल्टामा पार्ने सपना लगभग साकार हुँदैछ । एमसिसीकाे चाराे छरेर नेपालमा घुस्दै अण्डा काेरलाैला भन्ने दाउ पनि लगभग पूरा हुँदै छ । अमेरिकी शासककाे यीकदमहरु सुशासन नभएर हातहतियारकाे दम्भ हाे भन्न सकिन्छ । जब मानवमा दम्भ हावी हुन्छ तब मानवता बिर्सिएर उस्ले निर्दाेष मान्छेकै बधगर्न लालायित हुन्छ ।

शक्तिराष्ट्रले अहिले चाल्ने कदम यस्तै हाे जाे भकुरभाकुर पारेर विश्वमा आफ्नो बकासुर र गयासुर दैतेकाेझैं गर्दन फुलाउनुमा नै पाैरख र पाइन सम्झन्छन् । भाेलीकाे इतिहासमा यिनै दैतेकाे लस्करमा पाे परिन्छ कि ? शासकले भकुरभाकुर पार्नु मार्नुअघि बिचार पुर्याउनु पर्छ है ।

०००
फूलबारी ११ पाेखरा कास्की
फाेन ९८०६६७७५९४

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kumar khadka
kumar khadka
1 month ago

समसामयिक लेख ! संसार भरनै मत्स्य न्याय हाविहुने प्रवृत्ती तिव्र हुदैछ । अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था 🙏

Nepal Telecom ad
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
पशुपतिसँग पुकार

पशुपतिसँग पुकार

शेषराज भट्टराई
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
1
0
Would love your thoughts, please comment.x
()
x