फित्काैली डटकमस्रष्टा राममणि ढुङ्गेलको ‘चमत्कृती’ एकाङ्कीसङ्ग्रह लाेकार्पण
साहित्यकार रामप्रसाद पन्त सभापति र प्रा डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रमको विशेष आतिथ्य प्रा डा कुमार कोइरालालगायत हुनुहुन्थ्याे ।

काठमाडौं । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार राममणि ढुङ्गेलको ‘चमत्कृती’ एकाङ्कीसङ्ग्रहको लाेकार्पण गरियाे ।
कार्यक्रम युनियन हाउस अनामनगरमा समारोहमा सुसम्पन्न भएको हाे ।
फेडोल साहित्य प्रतिष्ठानका सल्लाहकार रामप्रसाद पन्त सभापति र प्रा डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रमको विशेष आतिथ्य प्रा डा कुमार कोइराला, डा हरिप्रसाद सिलवाल, डा रमेश शुभेच्छु र विमला तुम्खेवाले गर्नुभएको थियो ।
अतिथिलाई रुद्राक्ष माला, राष्ट्रियगानसँगै प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्वघाटन गरिएको थियो ।
समारोहमा वरिष्ठ कलाकार नगेन्द्र पौड्यालले मन्तव्य मार्फत पाहुनालाई स्वागत गर्नुभएको थियो । तत्पश्चात नाटककार राममणि ढुङ्गेलको पुस्तक चमत्कृतिको लोकार्पण गरियो । यस पुस्तकका बारेमा साहित्यकार विमला तुम्खेवा, डाक्टर रमेश शुभेच्छु र डाक्टर हरिप्रसाद सिलवालले चर्चा गर्नुभएको थियो ।
विशेष अतिथि कुमार कोइरालाले राममणि ढुङ्गेलको शक्तिशाली नाटक लेखनको प्रशंसा गर्नुभयो । ताजा दर्शक प्रतिक्रिया मन्तव्य राख्नुहुने वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेलले लेखकले उत्कृष्ट कृति नेपाली साहित्यलाई दिएको उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि गोविन्दराज भट्टराईले राममणिको नाटक लेख्ने कला राम्रो भएको उल्लेख गर्दै बधाई ज्ञापन गर्नुभयो ।
लेखक ढुङ्गेलले आफ्नो निमन्त्रणालाई स्वीकार गर्दै समारोहमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
समारोहका सभापति रामप्रसाद पन्तले प्रतिष्ठानको सल्लाहकारको हैसियतले यति भब्य समारोहको सभापति हुने सौभाग्य मिलेकोमा खुसी व्यक्त गर्नुका साथै लेखक ढुङ्गेललाई बधाई दिँदै कार्यक्रम समापन गर्नभयो ।
उक्त कार्यक्रम सञ्चालन डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियो ।
०००
डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































