साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होडबाजी !

अहिले लागेको छ भीषण युद्धको आगो अब बेलाबेला जहाँतहीँ भुसमा सल्किएझैं सल्किदै गर्छ निभ्दै ननिभ्नेगरि तर तिमी विवश छौ महाशय ! टुलटुलु हेर्न तिम्रो मृत्युको सन्निकट भयानकता ।

Nepal Telecom ad

दुर्गाकिरण तिवारी :

(प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव (२०८२) मा वाचित अतिथि कविता)

अन्तहीन दौडमा उत्रेर गाइएको भीषण
बाजी आज आफैं हारेको छ
हो, आत्मसात् गर्न निकै गाह्रो छ
होडबाजी आज निराधार भएको छ
आफंैले आफैंलाई भुलेको दौडको
होडबाजीमा आफै आफैं पछारिएको छ
तिमीले देखेका दुःस्वप्नको प्रलयले
शान्ति छाएको छ
साँच्चिकै शून्य र मौन बनेको छ
मेटिँदैछन् होडका दिग्भ्रमहरू
दोस्रोलाई परास्त गर्दा गर्दै ।
होडबाजीको उन्मादले
आफन्त बिर्सायो, शान्ति बिर्सायो
नैतिकता बिर्सायो, संवेदना बिर्सायो
संस्कार, संस्कृति सब बिर्सायो
साँच्चिकै भनूँ भने
मान्छे स्वयंलाई बिर्सायो
त्यसैले होडबाजीको दौड
आज निराधार बनेको छ ।
धाँजा फाटेर च्यातिका छन् होडहरू
क्षीण हुँदै जादै छ उत्ताउलो प्रकाशको शक्ति
सृष्टिले नियालिरहेछ नजिकबाट
तिम्रा अनुपम जितहरूलाई
तिमीले कोरेका लक्ष्मण रेखाहरू
फेरि तिमीलाई चेतावनी दिइरहेछन्
तिम्रो अहङ्कारको होडबाजीलाई ।
अहिले देखिँदैन कतै खुसी
बेहाल छन् अनुपम निर्वाणहरू
थाकेका पैतालामा मार्ग रोकिएको छ
थाकेको मन, थाकेको आत्मबल
किञ्चित् विघ्नले किच्दा
निद हराएको छ
बिथोलिएको छ मनमस्तिष्क
काँध गलेका छन् उठाउन नसकेर आफैंलाई
स्विकार्न गाह्रो भैरहेको छ हार ।
फेरि कसरी उत्रेला खै होडबाजी
दोस्रोलाई परास्त गर्न ?
तिम्रो दौडको मैदान च्यातिएर
चिराचिरा परेको छ
स्वयंबाट परस्त भै भत्किएको छ
तिम्रो उच्च महत्त्वाकांक्षा ।
तिमीले सुरु गरेको होडबाजीमा
प्रकृतिका विरुद्धको अभियानकै विरोधमा
अहिले लागेको छ भीषण युद्धको आगो
अब बेलाबेला जहाँतहीँ
भुसमा सल्किएझैं सल्किदै गर्छ
निभ्दै ननिभ्नेगरि
तर तिमी विवश छौ महाशय !
टुलटुलु हेर्न
तिम्रो मृत्युको सन्निकट भयानकता ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Suvas
Suvas
1 year ago

राम्रो

Nepal Telecom ad
बगर आफ्नो पराइ छुट्याउँदैन

बगर आफ्नो पराइ छुट्याउँदैन

दुर्गाकिरण तिवारी
चार ठोक्तक

चार ठोक्तक

दुर्गाकिरण तिवारी
केही ठोक्तक

केही ठोक्तक

दुर्गाकिरण तिवारी
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
1
0
Would love your thoughts, please comment.x
()
x