साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तक

प्रगतिको बाधक नारी नै बन्छे राम्रा त थोरैमात्र देख्छु, समाजकी आदर्श नारी भन्दै कुटिल चाल चलेरै पछार्छन् ।

Nepal Telecom ad

१.
नारीले नारीकै खेदो र भेद गर्छन् उठ्नै नदिई थचार्छन्
गिराउछन् मनोबल उसको सधै अस्मिता नै लछार्छन्
प्रगतिको बाधक नारी नै बन्छे राम्रा त थोरैमात्र देख्छु
समाजकी आदर्श नारी भन्दै कुटिल चाल चलेरै पछार्छन् ।

२.
साधारण नारी म यही धर्तीकी, कुनै घमन्ड जान्दिनँ
विवेकले राम्रो देखेको गर्छु काम नराम्रो गर्न मान्दिनँ
पृथिवी जस्तै सहन सक्छु हरेक बाधा-व्यवधानहरू हेर
होच्याऊ घोच्याऊ खसाल जे गर कसै ठुलो ठान्दिनँ ।

३.
मिहिनेतको पसिनामा गर्व गर्छु म कसैको दयामा होइन
मलाई पूणर् भरोसा छ मेरै श्रममा कसैको मायामा होइन
उभिएर आफ्नै बलमा डटेकै छु एक्लै सङ्घर्षको मैदानमा
म मेरो प्रतिबिम्ब खोज्दै छु रापिलो सूर्यमा, छायामा होइन ।

०००
राजाको चौतारो, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होडबाजी !

होडबाजी !

दुर्गाकिरण तिवारी
बगर आफ्नो पराइ छुट्याउँदैन

बगर आफ्नो पराइ छुट्याउँदैन

दुर्गाकिरण तिवारी
चार ठोक्तक

चार ठोक्तक

दुर्गाकिरण तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x