साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बगर आफ्नो पराइ छुट्याउँदैन

के छ त्यसमा अस्तित्व ? आखिर बगरमै गएर मिसिन्छ शान्त हुनेछन् आँधीहुरीहरू आडम्बरभित्रका तब बुझ्नेछन् जीवन र अन्ततः मौन रहेरै बगरझैँ ।

Nepal Telecom ad

मौनताभित्रका आधिहुरीहरू हो !
भत्काइदेओ पर्खाल
उडाइदेओ स्वार्थका थैलाहरू
हुत्याएर फालिदेओ सबैलाई
समुद्रका किनाराहरूमा
र बिस्तारै मिसिऊन् सागरमा
ता कि साझा होऊन्
खुसी, सुख र दुःख अनि विचलन
परास्त होस् स्वार्थ
हेर्न र महसुस गर्न नजिकै रहेर बगरलाई
मौन रहेरै गर्नु छ बोध सकुनको
सागरको किनारमा बनेर ।

ऊ पनि जिइरहेको छ
मौनतामै निष्प्राणहरूलाई अँगालोमा कसेर !
निष्प्राणहरूको हृदय कस्तो छ
छाम्नु छ- धड्किन्छ धड्किदैन
हो, बगर च्याखे थाप्दैन स्वार्थमा
धक्क्याए पनि सुनामीले
बगरले गुनासो गर्दैन
बरु चुपचाप मिसिदिन्छ, फिस्लिदिन्छ
आफ्नै अस्तित्व मेट्दै सागरमै ।

बगर
सहजै स्विकार्छ ऊ
आडम्बरी अनि मौन पात्रहरूलाई
बुझेको छ आडम्बर छोडेर आएका छ्न्
किमार्थ ऊ छुट्याउदैन ठूलो-सानो धनी-गरिब
रूप- विरूप, स्वार्थी- निःस्वार्थी
आफ्नै सिद्धन्तमा अडिग छ
किनकि आखिर ऊ
सागरकै समीप सागर जस्तै
त्यसैले त
सबैको भित्रको गुदी र अस्तित्व एकै मान्छ
मौनतामै लम्पसार भएर ।

प्राण-निष्प्राणहरू
उसकै समीप भएर रहन चाहन्छन्
सागरमा छालहरू लय खोज्दै जीवनको
खोल्न चाहन्छन्
मानवताभित्रको आडम्बर र अहम्का पोकाहरू खोल्न
के छ त्यसमा अस्तित्व ?
आखिर बगरमै गएर मिसिन्छ
शान्त हुनेछन् आँधीहुरीहरू आडम्बरभित्रका
तब बुझ्नेछन्
जीवन र अन्ततः मौन रहेरै बगरझैँ ।

०००
कास्की, पोखरा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
होडबाजी !

होडबाजी !

दुर्गाकिरण तिवारी
चार ठोक्तक

चार ठोक्तक

दुर्गाकिरण तिवारी
केही ठोक्तक

केही ठोक्तक

दुर्गाकिरण तिवारी
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x