साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसो

शिक्षा र त्यो स्वास्थ्य अत्यन्त हाँस्यो छ रोजगारी पनि नित्य हाँस्यो विज्ञानको खोज छ रोज हाँस्यो मान्छे हराए पनि मोज हाँस्यो।।

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

हाँस्यो हिमाली जब शैल हाँस्यो
सल्ला धुपीको रुख पात हाँस्यो
पहाड हाँस्यो अनि त्यो तराई
हाँस्यो गरिबी मनुवा हराई।।

त्यो भेष हाँस्यो परिवेश हाँस्यो
नाङ्गै हुँदा ती तल माथि हाँस्यो
सीमा सधैँ हाँस्दछ अट्टहाँस
जताततै चल्छ यहाँ सुवाश।।

छाप्रा र झुप्रा पनि मस्त हाँसे
ठेलाहरूले पनि बास मागे
खुसी हुँदै संसद गेह हाँस्यो
नेपालको सुन्दर देह हाँस्यो ।।

गुठी यहाँ हाँस्तछ बारबार
नेता यहाँ छन् अति नै अपार
नेपाल बस्ने परिवार हाँस्यो
हिमालले दैनिक चट्ट हाँस्यो।।

शिक्षा र त्यो स्वास्थ्य अत्यन्त हाँस्यो
छ रोजगारी पनि नित्य हाँस्यो
विज्ञानको खोज छ रोज हाँस्यो
मान्छे हराए पनि मोज हाँस्यो।।

हाँस्यो विदेशी ऋण धेर हाँस्यो
भत्केर त्यो मन्दिर धेर हाँस्यो
हाँसे सबैका घरबार हाँसे
जलेर हाम्रा दरबार हाँसे ।।

०००
नागार्जुन- ३, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
विधवा

विधवा

हरिप्रसाद घिमिरे
वीर नेपाली

वीर नेपाली

हरिप्रसाद घिमिरे
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
0
Would love your thoughts, please comment.x
()
x