ईश्वर पाेखरेलमहङ्गा मोबाइल बोक्ने महिलाहरू
एउटा सरल लेखकका विरुद्धमा एउटा जुलुसलाई आफू पछिपछि हिँडाउनु हुन्छ। मलाई अपवादमै भए पनि चड्कन खान मन छैन" पो भन्छ।

ईश्वर पोखरेल :
दिदी !
म एउटा पुरुषसँग प्रेममा थिएँ;
उसलाई भेट्दा
मसँग सबैभन्दा मधुर समय छ’ लाग्थ्यो;
उससँग हिँड्दा
‘मसँग एउटा सुन्दर साथ छ’ लाग्थ्यो;
तपाईंलाई पनि त्यस्तो हुन्थ्यो, दिदी ?
कि, म मात्र बौलाएकी हुँ ?
अचेल ऊ
“महिला र पुरुषका बीचको सम्बन्धमा
कहाँदेखि कहाँसम्म आकर्षण हुन्छ ?
कहाँदेखि कहाँसम्म प्रेम हुन्छ ?
कहाँदेखि कहाँसम्म हाँसीखुशी हुन्छ?
कहाँदेखि कहाँसम्म राजीखुशी हुन्छ ?
र, सम्बन्धको कुन मोडमा पुगेपछि
कति वर्षपछि-
ती सबै सम्बन्धहरू जबरजस्ती र बलात्कार हुन्छ ?
स्पष्ट सीमाङ्कन नभएको समयमा
कसरी प्रेम हुन सक्छ ?” पो भन्छ।
पहिले म डेटिङ जान आनाकानी गर्थें,
अहिले ऊ ठाडै अस्वीकार गर्छ;
ऊ सँगै बस्न र खाजा खान पनि मान्दैन;
“महिलाहरू डरलाग्दा हुन्छन्” भन्छ,
“महङ्गा मोबाइल बोक्ने महिलाहरू त
झन् सबैभन्दा डरलाग्दा हुन्छन्” पो भन्छ;
“संजीव सरहरू ‘संरचनात्मक लाभ’को कुरा गर्नुहुन्छ;
‘पुरुष भएर जन्मेकै कारणले
परिवार/समाजको पितृसत्ताको अभ्यासले
पुरुषलाई माथि र महिलालाई तल उभ्यायो’ भन्नुहुन्छ :
सही भन्नु हुन्छ।
अपवादमा-
केही बाठा महिलाहरू
‘महिला भएकै कारणले मेरो कुरा सबैले पत्याउँछन्’ भन्ठान्नुहुन्छ
र, मोबाइलमा पुरानो म्यासेज पढे झैँ गरी
एउटा सरल लेखकका विरुद्धमा
एउटा जुलुसलाई आफू पछिपछि हिँडाउनु हुन्छ।
मलाई अपवादमै भए पनि
चड्कन खान मन छैन” पो भन्छ।
लौ न दिदी !
मलाई त्यो मधुर समय
र, सुन्दर साथ
चाहिएको छ;
फिर्ता ल्याइदिन सक्नु हुन्छ ?
०००
Subscribe
Login
0 Comments
Oldest







































