साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्ल्डकप

म्याचमा अर्जेन्टिना हारेपछि र गोल्डेन बुट पनि मेसीको भागमा नपरेपछि साजन चुपचाप मर्निङवाकमा निस्कियो ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

सिमरन र साजन जोईपोइ । मिलेरै बसेका थिए ।
यसपटकको वर्ल्डकपमा साजनले लाइन लियो ।
प्रारम्भदेखि नै सिमरनले स्पेनको टिम रोजी : साजन अर्जेन्टिनाको पक्षमा उभियो ।
सिमरनलाई डर मेसीको थियो । पहिल्यैदेखि मेसी देखेपिच्छे भन्थी- “मेसी, फुर्ति नला बेसी !’
र, कोठामा हाँसो गुन्जिन्थ्यो ।

मेसीलाई देख्यो कि, सिमरन त्यही भन्थी ।
पछि हाँसो कम हुँदै आयो ।
अझ पछि त हाँस्ने सिमरन मात्र भई ।

सिमरन र साजनको बीचमा पहिले राम्रै ठट्यौली हुन्थ्यो; केहीयता त्यो कम हुँदैआएको थियो ।
फाइनल खेल हेर्न बस्दा जोईपोइका बीचमा ठट्टा पनि भएन । सिमरनले मेसीको नाम पनि लिइन ।
म्याचमा अर्जेन्टिना हारेपछि र गोल्डेन बुट पनि मेसीको भागमा नपरेपछि साजन चुपचाप मर्निङवाकमा निस्कियो ।
ऊ मर्निङवाकमा सधैं पाँच बजे निस्किन्थ्यो र एक घन्टामा फर्किन्थ्यो ।

आज त झन् चार बजेतिरै निस्केको । भात सेलाई सक्यो; छक्काल भई सक्यो : अझै फर्केको छैन ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
नाक

नाक

ईश्वर पाेखरेल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x