साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गो शहर

यस शहरमा आज म नाङ्गै उपस्थित भएको छु र भोलि शहर, गाउँ र बस्तीका तमाम नागरिक नाङ्गै देखिइनेछन् निर्वस्त्र हुनेछन् शरम नभएको शहरमा ।

Nepal Telecom ad

विप्लव प्रतीक :

आज म यस शहरमा
नाङ्गै उपस्थित भएको छु
तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन
पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।
कचल्टिएको भातजस्तै
आधाकाँचामानिसहरूको बस्तीमा
मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

यिनीहरू अचेल कागजको फूलमा बास्ना हाल्छन्
यिनीहरू अचेल रोबोटको शरीरमा धुकधुकी भेट्छन्
मानिसमानिसबीच संवेदनशीलता र सहृदयता
मानिसमानिसबीच सद्भावना र म्वाई अब चाहिएन
अब चाहिएन प्रेम, आत्मीयता र मृदु कुराहरू पनि
र विकृत भइसके मानवीय मूल्यहरू…
यस्तो अवस्थामा, यसशहरमा, यहाँका मानिसहरूबीच
नाङ्गो हुनुबाहेक अर्को बाटो पनि त छैन ।

यस शहरमा आज म नाङ्गै उपस्थित भएको छु
र भोलि शहर, गाउँ र बस्तीका
तमाम नागरिक नाङ्गै देखिइनेछन्
निर्वस्त्र हुनेछन् शरम नभएको शहरमा ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x