साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई नम्बरीको संसारमा

हो रहेछ... दुई नम्बरीको संसारमा मानिस भएर इमानदार रहनुभन्दा चरो भएर बाँच्नु सजिलो रहेछ।

Nepal Telecom ad

वत्सराज कोइराला :

सरकारी जागिरबाट अवकाश पाएपछि रामनाथको दिनचर्या सरल थियो। बिहान चिया, बरन्डा, अखबार, मोबाइल। दुनियाँका समाचार भने सधैं उस्तै हुन्थे। कतै कसैले घुस खुवाएर ठेक्का पाएको, कतै नक्कली प्रमाणपत्र पेश गरेर ठुलै पद पाएको, कतै सार्वजनिक सम्पत्ति बेचेर निजी महल बनाएको आदि खबर हुन्थे।
एक दिन बिहान कान्छो छोरा अमित बुढाको छेउमा आयो र बोल्यो, “बाबा, तपाईं पनि अलि व्यवहारिक हुनुपर्थ्यो। दुई नम्बरी नगरेसम्म यो देशमा कोही माथि पुग्दैन। मेरा साथीका बाउहरू हेर्नुहोस् न, कति सम्पन्न छन् !”

रामनाथले भने, “छोरा, दुई नम्बरी बन्ने प्रयास त मैले पनि गरेको थिएँ। तर बेइमानी गर्न खोज्दा मेरो आत्माले नै अस्वीकार गरिदियो।”

“त्यसैले त तपाईं पछाडि पर्नुभयो,” अमित हाँस्यो। रामनाथले केही भनेनन्। आँपको हाँगामा एउटा मैना चरो निर्धक्क गीत गाउँदै थियो।

“बाबू,” उनले सोधे, “त्यो मैना चरो किन यति खुसी होला ?”

“किनकि त्यो चरो हो, बाबा,” अमितले सहजै उत्तर दियो।

रामनाथले मैनातिर केही बेर टोलाए। त्यसपछि मन्द मुस्कुराउँदै भने, “हो रहेछ… दुई नम्बरीको संसारमा मानिस भएर इमानदार रहनुभन्दा चरो भएर बाँच्नु सजिलो रहेछ।”

०००
गैंडाकोट ११, नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x