साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरुष पवित्रताको प्रमाणपत्र

यस्तो ऐन लागू भएपछि संविधानको निर्देशित सिद्धान्त पनि सुधारिनुपर्नेछ। “समान हक र अवसर : तर लिङ्गको आकार हेरेर।” "पुरुषका लागि अवसरको आकाश, महिलाका लागि नियमानुसार जेल।"

Nepal Telecom ad

वत्सराज कोइराला :

अब नेपालमा कानून बनाउँदा संसदमा होइन, कुनै वैज्ञानिक प्रयोगशालामा बनाउने निर्णय भएको खबर अस्तिनै छापिई सकेको थियो। हिंजो बिहान अखबारमा अर्को न्युज छापिएको थियो, “नयाँ कानूनको प्रयोगशाला गाइजात्राको मैदानलाई बनाइने !”

त्यसको लगत्तै कानूनमन्त्रीले इन्टर्भ्युमा बोलेका थिए, “हामीकहाँ उहिल्यैदेखि गाइजात्रे मैदानमा गाइको घाँटीमा घाँसको मुठो र पुच्छरमा दाउराको मुठो बाँधेर नचाइन्थ्यो। कहिले गोरुजुधाईको खतरा खेल देखाइन्थ्यो। जनताहरूले ताली बजाउँदै खेलको मजा लिन्थे। यसपटक अलि नयाँ खेल देखाउन खोजिएको हो। विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिलालाई मात्र सजाय हुने कानूनको तमासा देखाउन लागेका छौं !”

इन्टर्भ्युमा उनी भन्दैथिए, “अब यो कानून लागू भएपछि न्यायको देवीको आँखाको पट्टी फुकालेर, नयाँ चश्मा लगाइन्छ। चश्माको फोकलको लम्बाइ बढाइने छ। चश्मामा नयाँ पावर हालिने छ, जसले गर्दा त्यो चश्मा लगाएपछि पुरुषहरू पवित्र देखिने र महिला मात्र अपराधी देखिने छन्। यस्तो कानून ल्याएपछि न्यायाधीशले विवाहित पुरुषलाई ‘साधुसन्त’जस्तै निर्दोष ठहर गरिदिने छन्। चाहे उनी हप्तामा तीनपटक धर्मशास्त्र पढ्न जाऊन् या चारपटक ‘साँझे सेवा’ गर्न जाऊन् उनले सफाइ पाउने छन्। तर महिलाले त्यही बाटो हिँडिन् भने, उनी कानूनको नजरमा “अपराधी” बन्नेछिन्। कानूनबमोजिमको फैसलाले उनी सिधै जेल पुग्नेछिन्।”

काननूनमन्त्रीको यो नयाँ सोच सुनेर “आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने।” प्रवृत्ति छर्लङ्ग भयो। पुरुषको गल्ती कानूनको दृष्टिमा अदृश्य, महिलाको गल्ती भने छताछुल्ल हुने देखिन आयो। अब कानूनको नयाँ व्याख्या गरिने भएको छ। यदि पुरुष बाहिर गए भने त्यो ‘जनसेवा भ्रमण’ हो र महिला बाहिर गइन् भने त्यो ‘अपराध स्थल भ्रमण’ हो।

एकजना विश्लेषकले लेखे, “बरु मन्त्रालयले ‘पुरुष पवित्रताको प्रमाणपत्र’ कार्ड नै वितरण गरोस्। जसलाई देखाएर श्रीमान् चाहिँ राति १२ बजे अँध्यारो गल्लीमा देखिँदा पनि प्रहरीले सलामी ठोकिदियोस्, महिलालाई भने चैं दिउँसो १२ बजे तरकारी बजारमा देखिँदा पनि ‘जेल यात्रा’ को टिकट काटिदियोस्।”

उनी अगाडि लेख्छन्, “व्यभिचार भनेको ‘एक हातले ताली’ बजाउने कुरा हो भनेजस्तो कानूनले बुझेको देखिन्छ। कर्म चाहिँ दुईजनाले मिलेर गर्ने तर सजाय एउटालाई मात्र हुने। यो त “माछा मरेन, पानीलाई दोष” भनेजस्तै हुने भयो।”

यी सब गतिविधिहरू देखेर मेरा मनमा पनि अनेक कुरा खेल्न थाले। यस्तो कानून लागू भएपछि गाउँसहरमा नयाँ व्यवसाय सुरु हुनेछ। सटरहरू खुल्ने छन्, ‘भाडामा निर्दोष श्रीमान् पाइने।’ साइनबोर्ड झुन्डिने छ्न्। महिलाको अपराध प्रमाणित नभइन्जेल, पुरुषले छुटपत्र देखाउने। अदालतको ढोकामा पनि बोर्ड टाँसिनेछ, “पुरुष यहाँ पवित्र हुन्छन्, महिलाले प्रवेश गर्नु अघि यो कुरा आफ्नो वकिललाई राम्रोसँग सम्झाउनुहोला।”

यस्तो ऐन लागू भएपछि संविधानको निर्देशित सिद्धान्त पनि सुधारिनुपर्नेछ। “समान हक र अवसर : तर लिङ्गको आकार हेरेर।” “पुरुषका लागि अवसरको आकाश, महिलाका लागि नियमानुसार जेल।” अन्त्यमा, यो कानूनलाई गाइजात्रे टिकास्वरूप एउटा नाम दिऊँ – “पुरुष पवित्रताको प्रमाणपत्र ऐन, २०८२ ।”

०००
गैंडाकोट- ११ नवलपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x