काेइराला वत्सराजलुतोको दर्शनशास्त्र
लुतो लागेका जिउमा त कम्तीमा गन्धक हालिन्छ, तर शासनमा लुतो लागेपछि त्यही पुरानै जिउ, त्यही कुरूप चरित्र, फेरि पनि कुर्सीमा !

कोइराला वत्सराज :
कसैले भन्यो, “देशमा लुतो बढेको छ।”
मैले सोधें, “ओहो, शरिरमा कि शासनमा ?”
हाम्रो समाजमा लुतो दुई प्रकारको हुन्छ,
एक, छालामा देखिने लुतो।
अर्को, चरित्रमा नदेखिने लुतो।
छालाको लुतो चिलाउँछ,
मान्छे झारफुक गराएर सन्चो बनाउन खोज्छ।
चरित्रको लुतो चुपचाप कन्याउँछ,
न त झारफुक काम लाग्छ,
न त औषधिले काम गर्छ।
राजनीतिक लुतो यति दार्शनिक छ कि,
लुतो लुकाउँदै नेता माइकमा चिच्याउँछ,
“म सफा छु !”
जनता त उस्तै,
नलागेको लुतो पनि कन्याउन खोज्ने !
समस्या न लुतो हो, न झारफुक।
समस्या त ‘कन्याएर रमाउने प्रवृत्ति’ हो।
लुतो पनि अब वाक्क भएको होला
“म त लाज मानेर लुकेको,
यी नेताज्यू झन्झन् फुलेको !”
लुतो लागेका जिउमा त कम्तीमा गन्धक हालिन्छ,
तर शासनमा लुतो लागेपछि त्यही पुरानै जिउ,
त्यही कुरूप चरित्र, फेरि पनि कुर्सीमा !
त्यसैले भन्नु पर्छ,
अब झारफुक मात्र होइन,
थोरै औषधि, अलिकति विवेक
र धेरै जनजागरण पनि चाहिन्छ !
०००
Subscribe
Login
0 Comments
Oldest







































