साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो नक्कली जमाना !

म सोच्दैछु, के साँच्चै हामी बाँचिरहेका छौं ? कि नाटकभित्र नाटक खेल्दैछौं ? यो थिएटरमा पर्दा कहिल्यै बन्द हुँदैन, र दर्शक, अभिनेता दुबै एउटै हुन्छन् !

Nepal Telecom ad

काेइराला वत्सराज :

सबैजना सत्यका पुजारीजस्तै देखिन्छन्,
तर कसैको अनुहार सक्कली छैन।
सत्य अब मञ्चमा अभिनय हुन्छ,
र झूटलाई ताली बजाइन्छ।
कस्तो नक्कली जमाना !

हाँसो प्लास्टिकको जस्तो,
आँसु पनि विज्ञापनको।
चरित्र केबल चित्रमा देखिन्छ,
अब मनको होइन,
तनको दीवाना बनेको छ समाज।
कोही ‘जनताको सेवक’ भन्छ आफूलाई,
तर जनताले भाषणमा मात्र देखेका छन् उसको जनसेवा।

प्रेम, आस्था, आदर्श, सिद्धान्त, विचार
यी सबै अब ‘कन्टेन्ट’ मात्र भएका छन्।
म सोच्दैछु,
के साँच्चै हामी बाँचिरहेका छौं ?
कि नाटकभित्र नाटक खेल्दैछौं ?
यो थिएटरमा पर्दा कहिल्यै बन्द हुँदैन,
र दर्शक, अभिनेता दुबै एउटै हुन्छन् !

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
रमिता

रमिता

सुशील रिजाल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
आओस् अक्कल

आओस् अक्कल

डा. बमबहादुर जिताली
जोगी

जोगी

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x