साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो नक्कली जमाना !

म सोच्दैछु, के साँच्चै हामी बाँचिरहेका छौं ? कि नाटकभित्र नाटक खेल्दैछौं ? यो थिएटरमा पर्दा कहिल्यै बन्द हुँदैन, र दर्शक, अभिनेता दुबै एउटै हुन्छन् !

Nepal Telecom ad

काेइराला वत्सराज :

सबैजना सत्यका पुजारीजस्तै देखिन्छन्,
तर कसैको अनुहार सक्कली छैन।
सत्य अब मञ्चमा अभिनय हुन्छ,
र झूटलाई ताली बजाइन्छ।
कस्तो नक्कली जमाना !

हाँसो प्लास्टिकको जस्तो,
आँसु पनि विज्ञापनको।
चरित्र केबल चित्रमा देखिन्छ,
अब मनको होइन,
तनको दीवाना बनेको छ समाज।
कोही ‘जनताको सेवक’ भन्छ आफूलाई,
तर जनताले भाषणमा मात्र देखेका छन् उसको जनसेवा।

प्रेम, आस्था, आदर्श, सिद्धान्त, विचार
यी सबै अब ‘कन्टेन्ट’ मात्र भएका छन्।
म सोच्दैछु,
के साँच्चै हामी बाँचिरहेका छौं ?
कि नाटकभित्र नाटक खेल्दैछौं ?
यो थिएटरमा पर्दा कहिल्यै बन्द हुँदैन,
र दर्शक, अभिनेता दुबै एउटै हुन्छन् !

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x