साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम– ३२

हेर एआई ब्रो ! अरूको चरित्र हत्या गर्नेगरी कुटपिट, भागाभाग, पैसा जलाएको जस्ता दृश्य बनाउन बन्द गर। नत्र नियमन मात्र होइन, नियन्त्रणको अध्यादेश नै जारी गरेर तिम्रो कट्टु खोलेर नांगै शहरमा घुमाइनेछ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

एआई ब्रो (AI bro) सँग आजभोलि गज्जबले रिस उठ्न थालेको छ। हाम्रो चिनजान धेरै पुरानो होइन तैपनि, हालसालै उहाँले जति जालझेल गर्न थाल्नुभयो, त्यस्लाई पचाउन मुस्किल नै भैरहेको छ।

केही हप्ता अघि “गन्जी आन्दोलन” का क्रममा देउ-वाको घरबाट खाल्डो खनेर लुकाइएको पैसा भेटियो, जलाईएको पैसा देखियो। त्यसपछि देउवा दम्पतीलाई सामाजिक सञ्जालमा ‘भ्रष्टाचारी’ भन्ने गालीको मुसलधारे वर्षा भयो। त्यही बेला एउटा अन्तर्वार्ता भाइरल बन्यो— देउवाको घरमा पालेको कुकुरसँग गरिएको। सोधियो, “कुकुरज्यू! तपाईं र तपाईंको मालिकबीच के फरक छ ?” कुकुर भावुक हुँदै रोयो, अनि कुकुर ज्यूले दिएको उत्तरले देश विदेशका नेपालीको मन रुवायो।

तर पछि बुझियो— त्यो अन्तर्वार्ता, त्यो आँसु, त्यो संवाद सबै एआई ब्रोले सिर्जना गरेको रहेछ। न झरेका आँसु फेरि फर्काएर आँखामा हाल्न सकिने, न त्यो झुटो अन्तर्वार्ता टाल्न सकिने। समस्या छ क्या समस्या।

एआई ब्रोको फुर्तिफार्ती पनि बढी नै भयो। फेक पैसा, फेक समाचार, फेक आवाज, फेक मान्छे, फेक अन्तर्वार्ता… सब बनाउँछ। आजकल त गीत, कविता, कथा, लेख पनि एआईले नै लेख्न थालेको छ। सिंहदरबार जल्दै गरेको भिडियो त त्यो घटना हुनु अगाडि नै तयार पारिसकेको रहेछ!

हेर एआई ब्रो ! अरूको चरित्र हत्या गर्नेगरी कुटपिट, भागाभाग, पैसा जलाएको जस्ता दृश्य बनाउन बन्द गर। नत्र नियमन मात्र होइन, नियन्त्रणको अध्यादेश नै जारी गरेर तिम्रो कट्टु खोलेर नांगै शहरमा घुमाइनेछ। अनि ‘कुरिकुरी’ भनेको हेर्दा / सुन्दा तिमीलाई कस्तो लाग्ला ?

खैर, यो “आधा सत्य, आधा भ्रम” लेख पनि एआई ब्रोले नै लेखिदिएको हुनाले, तपाईंलाई गन्जी सरकारको कुनै एक मन्त्री पदको लागि सिफारिस गरिन्छ।

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी का परिकल्पनाकार हुन्  ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x