साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो मान्छे

चाकडी र चाप्लुसी सिक्दै बडाहरुको दौराको फेरो समाउनु अभिजात्य वर्गले कोरेको घेरो समाउनु यही सिद्धान्त रटेर मस्त रमाउनु आफूलाई मात्र हैन पुस्तौँ पुस्ता पुग्ने गरि कमाउनु।

Nepal Telecom ad

मित्र ‘उराठी’ गौतम :

बाबु !
तिमी अब ठूलो मान्छे भयौ
त्यसैले पुराना सम्बन्धहरु
बिस्तारै बिस्तारै छोड्नु पर्छ
नयाँ सम्बन्धहरु
क्रमश: जोड्नु पर्छ।
आफन्त नातागोताले झमेला लगाउँछन्
सकभर तर्कन सक्नु पर्छ
नजिकिने कोशिस गर्छन्
झर्कन सक्नु पर्छ।
तिमी ठूलो भएपछि
तिनीहरुबाट तिमीले लिने कुनै काम हुन्न
तिमीलाई सघाउने दाम हुन्न।
तिम्रो सम्बन्ध जोडेर
बरु गर्लान् बदनाम
बचाइ राख्नु आफ्नो पद र नाम ।
चाकडी र चाप्लुसी सिक्दै
बडाहरुको दौराको फेरो समाउनु
अभिजात्य वर्गले कोरेको घेरो समाउनु
यही सिद्धान्त रटेर मस्त रमाउनु
आफूलाई मात्र हैन
पुस्तौँ पुस्ता पुग्ने गरि कमाउनु।
यही तिमीलाई आशिर्वाद छ
यही शुभकामना छ।
सुन्दै थियो मन्त्रमुग्ध हुँदै
झल्याँस्स ब्यूँझियो
भ्रममा पर्यो “यो भेद कसले खोल्यो ?″
“मै हुँ″ भन्दै ‘अहम्’ बोल्यो।

०००
अमरपुर गुल्मी, हाल: तिलोत्तमा, रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x