साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले पढ्छ कविता ?

कसले पढ्छ कविता याे जमानामा तिनै कवि उनै स्राेता, उनै कवि तिनै स्राेता, जल्लादका कविता, जेनजीका कविता । कसले पढ्छ जनताकाे कविता ???

Nepal Telecom ad

डा. विदुर चालिसे :

अराजकाताले बुध्दि भाँडिएकाे बेला
बुध्दि भाँडिएर चाकर हुन पुगेकाे याे क्षण
कठिन समयकाे भाँडभैलाेमा,
कसले पढ्छ कविका कविता ?
मैमत्त मनका संलग्न कुण्ठाहरू
उन्मत्त दिमागका ऐँजेरू लफ्फाजीहरू
उत्पन्न आक्राेसका बिच घाेकिरहेछ
देशकाे स्वच्छन्दताकाे अलापमा,
कसले पढ्छ कविका कविता ?
बुध्दुहरू अनेक छन्,
बुध्दका यहाँका विराेधीहरू
बुध्द जस्तै तपस्यी चुपचाप छन्
सात्विक सार्थक त्रस्तहरू
तथापि पढ्छन् लुसिफरका कविताहरू
र रमाउँछन् जलनमा यत्रतत्र !
दुनियाका शून्य साेचहरूलाई यहाँ
भाँड र जाँडका कविताहरू खुब मन पर्छ,
राँड र साँढका कविताहरू पनि स्वाद पर्छ,
तर कसले पढ्छ कविका कविता ?

यहाँका अब्बल सहनाइहरूका दुई जिब्राले
अनुकूल अवस्थामा यहाँ हुन्छ, हस, हजुर चल्छ !
प्रतिकूल अवस्थामा भ्रम, भ्रान्ति र भय बाेल्छ !!
कविता कसकाे पढ्छन्, यहाँ ?
शक्ति, सत्ता र स्वार्थले ओतपाेतका
परमादेशका कविता पढ्छन्- जनताहरू
सर्पका विषले झैँ लठ्ठिएर कराउँछन्
आफ्नै माटाेकाे नक्सा मेट्न ।
कसले पढ्छ कविका कविता ?

हुल्लडहरू कविता लेख्छन्- अचेल
अचेल हुल्लडहरू पनि कविता पढ्छन्,
उदघाेष गर्छन्- एकैपटक युध्दकाे आखेट !
तनावै तनाव थप्छन्, दुनियालाई
कसले पढ्छ कविका कविता !

स्वार्थै स्वार्थकाे माेहपासमा
व्यर्थै व्यर्थकाे कर्मले आजकल
उनैका कविता पढिन्छन्,
तिनैका गीत गाइन्छन्,
भनिन्छ फेरि कान कानमा
अर्काे महिना भीषण आन्दाेलन ।

कसले पढ्छ कविता याे जमानामा
तिनै कवि उनै स्राेता, उनै कवि तिनै स्राेता,
जल्लादका कविता, जेनजीका कविता ।
कसले पढ्छ जनताकाे कविता ???

०००
काठमाडाैं 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मध्यमार्ग

मध्यमार्ग

डा. विदुर चालिसे
जासुस

जासुस

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
सुरूवाकाे लत

सुरूवाकाे लत

डा. विदुर चालिसे
माेवाइल किरा

माेवाइल किरा

डा. विदुर चालिसे
भाेकमरी

भाेकमरी

डा. विदुर चालिसे
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
रमिता

रमिता

सुशील रिजाल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
आओस् अक्कल

आओस् अक्कल

डा. बमबहादुर जिताली
जोगी

जोगी

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x