साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले पढ्छ कविता ?

कसले पढ्छ कविता याे जमानामा तिनै कवि उनै स्राेता, उनै कवि तिनै स्राेता, जल्लादका कविता, जेनजीका कविता । कसले पढ्छ जनताकाे कविता ???

Nepal Telecom ad

डा. विदुर चालिसे :

अराजकाताले बुध्दि भाँडिएकाे बेला
बुध्दि भाँडिएर चाकर हुन पुगेकाे याे क्षण
कठिन समयकाे भाँडभैलाेमा,
कसले पढ्छ कविका कविता ?
मैमत्त मनका संलग्न कुण्ठाहरू
उन्मत्त दिमागका ऐँजेरू लफ्फाजीहरू
उत्पन्न आक्राेसका बिच घाेकिरहेछ
देशकाे स्वच्छन्दताकाे अलापमा,
कसले पढ्छ कविका कविता ?
बुध्दुहरू अनेक छन्,
बुध्दका यहाँका विराेधीहरू
बुध्द जस्तै तपस्यी चुपचाप छन्
सात्विक सार्थक त्रस्तहरू
तथापि पढ्छन् लुसिफरका कविताहरू
र रमाउँछन् जलनमा यत्रतत्र !
दुनियाका शून्य साेचहरूलाई यहाँ
भाँड र जाँडका कविताहरू खुब मन पर्छ,
राँड र साँढका कविताहरू पनि स्वाद पर्छ,
तर कसले पढ्छ कविका कविता ?

यहाँका अब्बल सहनाइहरूका दुई जिब्राले
अनुकूल अवस्थामा यहाँ हुन्छ, हस, हजुर चल्छ !
प्रतिकूल अवस्थामा भ्रम, भ्रान्ति र भय बाेल्छ !!
कविता कसकाे पढ्छन्, यहाँ ?
शक्ति, सत्ता र स्वार्थले ओतपाेतका
परमादेशका कविता पढ्छन्- जनताहरू
सर्पका विषले झैँ लठ्ठिएर कराउँछन्
आफ्नै माटाेकाे नक्सा मेट्न ।
कसले पढ्छ कविका कविता ?

हुल्लडहरू कविता लेख्छन्- अचेल
अचेल हुल्लडहरू पनि कविता पढ्छन्,
उदघाेष गर्छन्- एकैपटक युध्दकाे आखेट !
तनावै तनाव थप्छन्, दुनियालाई
कसले पढ्छ कविका कविता !

स्वार्थै स्वार्थकाे माेहपासमा
व्यर्थै व्यर्थकाे कर्मले आजकल
उनैका कविता पढिन्छन्,
तिनैका गीत गाइन्छन्,
भनिन्छ फेरि कान कानमा
अर्काे महिना भीषण आन्दाेलन ।

कसले पढ्छ कविता याे जमानामा
तिनै कवि उनै स्राेता, उनै कवि तिनै स्राेता,
जल्लादका कविता, जेनजीका कविता ।
कसले पढ्छ जनताकाे कविता ???

०००
काठमाडाैं 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x