साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको गाउँ भ्रमण

गाउँलेहरूले पनि परर ताली बजाए। अनि नेताजीलाई गाउँको अर्गानिक कोसेली हजुर भनेर एक क्यानभरि उपहार समेत दिए। यसपाली पनि गाउँलेहरूलाई झुक्याउन सफल भएकोमा नेता मख्ख पर्दै शहर फर्किए।

Nepal Telecom ad

वत्सराज कोइराला :

दसैं लागिसकेको हुँदा गाउँलेहरू आआफ्नो काममा ब्यस्त थिए। आज दिउँसो राजधानीबाट नेताजी आउने कुरा सुनेर मानिसहरू निकै उत्साहित थिए। नेताजीले चुनावपछि बल्ल गाउँ छिर्ने फुर्सद पाएका रहेछन्। उनी गाउँको दशा सुधार्ने वाचा गर्दै धेरैपटक चुनाव जिती सांसद भएका मानिस हुन्।

ठाउँठाउँमा बाटोघाटो बिग्रेर हिंडी साध्य थिएन। उनी आकाशमार्गबाट आए। विमानस्थलबाट उनको आलीशान गाडी गाउँमा छिर्‍यो। सडकमा खाल्टाखुल्टी मात्र थिएन, पूरै हिलोको साम्राज्य फैलिएको थियो। नेताजीको गाडी अगाडि बढ्नासाथ हिलोले गाडीलाई ग्वार्लाम्म अँगालो हाल्यो। नेताजी मोटरबाट झरे। हिलोले उनको चरणस्पर्श गर्‍यो। गाउँले हरूले धकेल्दै उनको गाडी हिलोबाट पार लगाए।

नेताजीलाई पिठ्युँमा बोकेर हिलोबाट उतार्दै एकजना गाउँलेले भन्यो, “नेताजी, यो त हाम्रो गाउँको प्राकृतिक विशेषता हो, हेर्नुस् न, हजुरलाई स्वागत गर्न हिलो नै तयार भइदियो।” नेताजी मुस्कुराउँदै भित्रभित्रै गम्भीर योजना बनाउन थाले। सोच्दैथिए, यसपटक पनि गतिलै आश्वासनले काम चलाउन पर्ला।

जनसमूह जम्मा भयो, नेताजीले माइक समाते। “गाउँको समस्या देखेर म अत्यन्तै मर्माहत भएको छु। यो हिलो विकासको पूर्वाधार हो। यही हिलोबाट म विकासको खाल्टो पार गर्ने वाचा गर्छु। यो हिलोले मलाई बहुतै प्रेरणा दिएको छ। अब यो कालो हिलो रहन दिन्न पिच हाल्नेछु, अनि गाउँ धपक्क पारेर बाल्नेछु।”

भाषणको अन्त्यमा नेताजीले गहिरो श्वास फेरे। गाउँलेहरूले पनि परर ताली बजाए। अनि नेताजीलाई गाउँको अर्गानिक कोसेली हजुर भनेर एक क्यानभरि उपहार समेत दिए। यसपाली पनि गाउँलेहरूलाई झुक्याउन सफल भएकोमा नेता मख्ख पर्दै शहर फर्किए।

गाउँलेहरूले पठाएको उपहार श्रीमतीलाई दिंदै नेताजीले भने, “हेर त गाउँलेहरूले माया गरेर हामीलाई कोसेलीसमेत पठाएका छन्। क्यानको बिर्को खोल अनि एक गिलास ल्याउ त, उद्घाटन गरिहालौँ।” श्रीमतीजीले क्यान खोल्दै गिलासमा खन्याइन्। “कालो दही” अर्थात हिलोको लेदोले पो गिलास भरियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x