साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुगमन

थाहा पाएपछि बिपक्षी नेताले स्कुललाई दिने सहयोग रकम थोरै दिएको र जेललाई रकम धेरै दिएको तथा नोट गरेको रकमको कलम नै उल्टोपाल्टो गरिएकोमा आपत्ति जनाए।

Nepal Telecom ad

वत्सराज कोइराला :

मुख्यमन्त्रीजी प्रदेशको अनुगमनमा निस्के। कारागार निरीक्षण गरेपछि जेलरसँग सोधे, “केही सहयोग रकम पनि चाहिन्छ कि ?”

“ठिकै चलिरहेको छ हजुर, तैपनि अहिले पाँच लाख रुपैयाँजति भए बाँकी आवश्यकता पूरा हुन्थ्यो।”
पिएले नोट गर्‍यो।

त्यसपछि उनी एउटा विद्यालय छिरे। “के के छ यहाँको समस्या ?” मुख्यमन्त्रीले सोधे। प्रधानाध्यापकले रुँदै भने, “भवन जीर्ण भइसकेको छ। फर्निचर छैनन्। प्रयोगशाला छैन। भौतिक संसाधनको अभाव छ।

स्टाफहरू पनि थोरै छन्। धेरै गाह्रो छ हजुर !”
मुख्यमन्त्रीले पिएलाई आदेश दिए, “ल ! यो स्कुललाई पचास लाख रुपैयाँ सहयोग नोट गर्नू।”

मुख्यमन्त्रीको टोली राजधानी फर्कियो। भोलिपल्ट जेललाई पचास लाख र स्कुललाई पाँच लाख रुपैयाँको नगद निकासा गरियो।

यो थाहा पाएपछि बिपक्षी नेताले स्कुललाई दिने सहयोग रकम थोरै दिएको र जेललाई रकम धेरै दिएको तथा नोट गरेको रकमको कलम नै उल्टोपाल्टो गरिएकोमा आपत्ति जनाए। मुख्यमन्त्री मुसुक्क हाँस्दै बोले, “अरे यार ! त्यो स्कुलमा अब न तिमीलाई जानुछ, न मलाई जानुछ।”

०००
गैंडाकोट– ११, नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x