अमर अधिकारीजनताको सधैँभरि झुपडीमा बास !
‘शेरचण्डोली’ कुटीमा धनैधनको रास जनताको सधैभरि झुपडीमा बास। सरकारमा बस्नेहरुले भरे सधै खल्ती फटाहालाई भोट दिनु मतदाताकै गल्ती।

अमर अधिकारी :
नेपालमा लोकतन्त्र किन आको होला
मन्त्रीहरुले कमिशन किन खाको होला।
जनतालाई झुक्याएर ढुकुटी भर्ने नेता
हामी भयौँ दोधारमा न एता न तेता।
आसेपासे चम्चागिरी गर्नेहरु हाँसे
उनीहरुलाई भन्नुपर्छ डुल्दै खाने गाँसे।
भोट तान्न मतदातालाई रक्सीमासु खुवाए
सच्चा जनताहरुलाई रुवाउनुसम्म रुवाए।
युवाहरु काम खोज्न खाडी मुलुक जाने
देशमा भने नेताहरु धेरै घुस खाने।
टाठाबाठा कार्यकर्ता दलालीमा लाग्ने
सोझा सिधा जनताहरु कैले होला जाग्ने ?
ठूला हाकिम सरुवामा मन्त्री घुस खाने
शाखा सन्तान लिएर विदेश घुम्न जाने।
जनतालाई झुक्याएर नेता बने धनी
गरिबको जीवन चल्नेगर्छ सधै कनीकनी।
‘शेरचण्डोली’ कुटीमा धनैधनको रास
जनताको सधैभरि झुपडीमा बास।
सरकारमा बस्नेहरुले भरे सधै खल्ती
फटाहालाई भोट दिनु मतदाताकै गल्ती।
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest









































