साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो लिम्पियाधुरा

मेरो लिम्पियाधुरा, म मेरो निधारमा त्यहाँको माटोको टीका लगाउँछु तिमी त्यहाँबाट बाटो लाग लिम्पियाधुराबाट भाग तिमी जबरजस्ती नगर ।

Nepal Telecom ad

लीला उदासी :

जसले तिम्रो आर्जन गरे
जसले तिम्रो मुलुक बनाएर तिमीलाई दिए
सुन!
उनले सुन्दर नेपाल खोस्न चाहेका थिए
असफल भए
उनले
जाल गरे, झेल गरे, युद्ध गरे
तर
लिम्पियाधुरा, लिपुलेक, कालापानी र टीङ्कर लीन सकेनन्
काङ्गडा, सतलज, दार्जिलिङ र टीष्टा लुटेर
त्यसलाई –
“सुगौली सन्धि भने”
त्यो गरे पनि
तर ओ ! भारतीय भाइ !
इतिहास पढ
जे भएको सत्य बुझ
तिमी अहोरात्र
तिम्रो धर्म बाबु इष्टइण्डिया कम्पनीको पूजा पनि गर
खुसी गर
तर त्यस्तो पनि सन्धि हुन्छ ? कतै ?

सतलज, काङ्गडा, टीष्टामा पनि
हाम्रो रगतको भल बगेको छ
नदीको पानी भन्दा बढी नै बगेको छ
अहिले
तिमी त्यहाँको बाली खाँदैछौ
तिमिले बोकेको प्रमाण – त्यही सन्धिमा पनि
तिमीले महाकाली छुन नपाउने लेखेको छ
के तिमीले यो राम्रो सँग पढेका छौं ?

तिमीले त कतै भनेछौ
तिमी ठूलो हौ
तिमी सम्पन्न छौ
तिमी शक्तिको टाकुरामा छौ
तिमी अग्लो छौ
तर के तिमीलाई थाहा छ ?
ठूलो हुन के चाहिन्छ ?
यो संसारमा
तिमिसँग सबैभन्दा सानु मन छ
तिमीसँग कुरूप अनुहार छ
छिमेकीसँग तिम्रो घिनलाग्दो व्यवहार छ ।
सानु मन हुने,
कुरूप अनुहार हुने,
छिमेकीसँग घिनलाग्दो व्यवहार गर्ने
बुझ, कहिल्यै ठूलो हुन सक्दैन
सम्पन्न हुन सक्दैन
शक्तिको टाकुरामा पुगे पनि
उ दुर्बलताको छायाले छोपिएको हुन्छ
कायर र नैतिकहीन
साँच्चै सधैँ गरिब हुन्छ
सबैभन्दा गरिब हुन्छ
तिमी त्यो गरिब हौ
ठूलो हुन त नियत राम्रो चाहिन्छ
त्यो तिमीसँग छैन
ठूलो हुन त ठूलो मन चाहिन्छ
त्यो पनि तिमीसँग छैन
ठूलो छाती त तिमीसँग साँच्चै छैन ।

हामी त छिमेकीलाई
मान दिन्छौं
मन दिन्छौं
सन्मान दिन्छौं
बलिदान दिन्छौं
छिमेकीको रक्षा गर्ने छोराहरू दिन्छौं
पहरा दिन्छौं
हामी त छिमेकीलाई ठूलो छाती र मुटु दिन्छौं
तर तिमीलाई
हाम्रो संविधान बन्दा
खप्न नसक्ने हुन्छ
र, हामीलाई भोकै मार्न रहर गर्छौ
हामी तिमिलाई सद्भाव पठाउँछौॱ
तिमी सीमाका पिलरहरू हटाउँछौ
तिमी तिम्रा खाँचोमा हात पसार्छौ
बदलामा हाम्रो मन बटार्छौ
हाम्रो कोठेवारि खोस्छौ
किन तिमी सीमाहरूमा आगो झोस्छौ ?
बुझ न !
आगोले तिमीलाई पनि पोल्छ
आगोले तिमीलाई पनि खरानी बनाउँछ ।

भन !
तिमीले बोकेको सुगौलीको सन्धि
तिमी मान्ने कि नमान्ने ?
रोज
मान्छौ भने
महाकाली पारी बस्छौ होला !
मान्दैनौ भने
काङ्गडा र टीष्टा पारी जान्छौ होला !
तर
जबरजस्तीको माला लगाएर
शिशाको घरमा बसेर
कति दिन ढुङ्गा हान्छौ ?
भो ! भारतीय भाइ !
लिम्पियाधुरा मेरो हो
मेरो लिम्पियाधुरा,
म मेरो निधारमा त्यहाँको माटोको टीका लगाउँछु
तिमी त्यहाँबाट बाटो लाग
लिम्पियाधुराबाट भाग
तिमी जबरजस्ती नगर ।

०००
चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x