साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँ

अहिले त उहाँको ढिकुटीको प्रतीक भएको छ उहाँको व्यक्तित्व । ती नहुनेहरूको आड, बल र रहरमा हराभरा भएको छ। यस्तै हराभराको माझबाट उहाँ धरहरा बन्नुभएको छ ।

Nepal Telecom ad

लीला उदासी :

उहाँको नाम भन्ने हिम्मत मसँग छैन। किनभने म कायर हुँ। कायहरूले भोग्नुपर्ने जुनसुकै सजाय भोग्न म तयार छु । उहाँको नाम, गाम, ठाम भने म बताउन पटक्कै सक्दिनँ । त्यसो त यो उहाँको विशेषता पनि हो। म जत्तिका मान्छे उहाँको प्रशस्ति र स्वस्ति खुलेर लेख्न लक्छौं । घन्टौँ भाषण गर्न सक्छौं । यसो गर्ने तागत उहाँसँग छ र नै आज उहाँ, उहाँ हुनुभएको छ । उहाँले जे गर्नुहुन्छ त्यसको प्रशंसा हुनुपर्छ । उहाँले जे भन्नुहुन्छ त्यसको अनुसरण हुनुपर्छ । अनि त उहाँ जहाँ पुग्नुहुन्छ नमस्ते र कुर्नेसहरूले पुरिनुहुन्छ । उहाँको कद जस्तै विचार व्यवहार पनि होचो भएर के गर्नु ? नमस्ते र कुर्नेसहरूले उहाँ असलियतहरू छल्न सफल हुनुभएको छ । अनि त म सम्झन्छु- धन्य उहाँ ।

उहाँको व्यक्तित्वको राष्ट्रभरि चमक छ । उहाँलाई पचहत्तरै जिल्लामा सबैले चिन्छन् । उहाँ राजधानीमा बस्दा पनि पटक-पटक ठुलै भएको मान्छे…। उहाँ मात्रै धरहरा र सधै हराभरा । उहाँले जे छोयो त्यो क्षण भरमा उम्रन्छ र फल्छ । उहाँले मुठीमा समातेको बालुवामा पनि फल्छ र त्यहाँबाट सुन झन्छ। आरिस गर्नेले त जुलुस पनि निकाल्छन् र मुर्दावाद पनि भन्छन् तर उहाँका ओठभरि मुस्कान छरिन्छ । उहाँ उहाँ नै हो। उहाँलाई न त जुलुसले गलाउँछ न मुर्दावादले झुकाउँछ ।

उहाँ बलेको वत्ती झ्याप्पै निभाउने गरी र निभेको वत्ती धपक्कै बाल्ने गरी भाषण गर्न सक्ने हैसियत राख्नुहुन्छ । अनि त मान्छेहरू भन्छन्-उहाँको डुँडुलो पनि चल्छ, थुतुनो पनि चल्छ। कहाँ थुतुनो मात्रै हो र त्योबाहेक अन्य जे चल्दा बूढापाकाहरू अनिष्ट हुन्छ भन्छन्, उहाँको त्यो पनि चल्छ। तर कहिल्यै अनिष्ट भने भएको छैन । बरु शिष्टे शिष्टको खत लागेको छ । केही गरे पनि उहाँलाई बात पनि तागेको छैन, लात पनि लागेको छैन । उहाँ आफै भन्नुहुन्छ- उहाँको भाग्य नै बलियो – घातप्रतिघात अरूलाई सुनौला सुनौला रात उहाँलाई……।

अनि डुँडुलोको कुरा बाँकी नै छ । उहाँ जे पनि लेख्न जान्नुहुन्छ । स्कुल छँदा प्रेमपत्र लेखिहिंड्‌ने उहाँको पेसा नै थियो। पहिलो जोसुकैलाई आफै लेख्तै हिंड्नुहुन्थ्यो । दुई-चारपटक प्रेमपत्र लेखकलाई थापेको एम्बुसमा परेपछि त्यो काम अलिक घटेको थियो तर के गर्नु र ? इलम जानेपछि पनि मान्छेले दुःख पाउँदो रहेछ- एकान्त पारेर अलिक ठुला दादा र दिदैहरू मिलेर प्रेमपत्र लेख्न विर्सनुहुन्छ कि भनेर ताजगी तालिम दिन्थे उहाँलाई । उहाँ पनि त्यसमा खुब हौसिने, त्यो व्यापार पनि उहाँको खुब चल्यो । काइदाको फाइदा हुन थाल्यो । कतिका दादाहरूलाई एम्बुसमा चिप्ल्याएर दिदैहरूसँग आफै पो पत्राचार गर्नुहुन्थ्यो। त्यही बेला त हो, उहाँले प्रणय विरहका गीत लेख्न थालेको । त्यसपछि कविता अनि कया। उपन्यास पनि लेखेको हल्ला छ देखिएइको चाहिँ छैन। यसरी हात र मुख दुबैले साथ दिएर त उहाँलाई कहिले राजनेता, कहिले पत्रकार, फेरि समाजसेवा, फेरि पत्रकार…. फेरि पत्रकार फेरि समाजसेवा । “म रातभरि एक थोक दिउँसो अर्कै थोक हुनसक्छु” उहाँ आफै भन्नुहुन्छ । जेहोस्, रात वेरात उहाँका हातले उहाँलाई खुबै साथ दिएको छ। उहाँ लेखक, कवि पनि, नेता पनि। गायक पनि नायक पनि ।

उहाँ कसरी वामपन्थी राजनीतितर्फ तानिनु भएछ त ? उहाँलाई नबुझ्‌नेहरू बेला-बेलामा यस्तो जिज्ञासा आफूभित्र पैदा गर्छन् । उहाँको सम्पन्नता र वामपन्थी राजनीतिमा लागेपछि झन् फक्रेको त्यो सम्पन्नताका बारेमा केही मान्छेहरू त उहँलाई नै प्रश्न पनि गर्छन् । तिनलाई उहाँ पलभर हेर्नुहुन्छ अनि उहाँका आखाँहरूले भनिरहेका हुन्छन्- बिचरा तिमीहरू । तर शब्द त यसरी आउँदैनन् । उहाँ भन्नुहुन्छ- “आमाको गर्भमै छँदा म वामपन्थी रहेछु र त्यसरी नै जन्मे, अब सम्पन्नताका बारेमा सुन्नुहोस्- हाम्रो पैतृक सम्पत्ति गाउँभरि थियो अरूले पनि लिएर हामीलाई घोर अन्याय गरेका छन् । अब म राजनीतिमा लागेपछि बढेको जे देखिन्छ त्यो त व्याज हो । पदमा छँदाको आर्जन त देखाउनै भएन नि ! अब सम्पन्नता र वामपन्थी एकै साथ कसरी ? त्यो प्रश्न मसँग नगर्नू । रहर भए कार्ल मार्क्ससँग गर्नु, लेनिनसँग गर्नू । होइन भने अहिलेका ज्योति बसुसँग गर्नु । त्यसो पनि भएन भने काठमाडौं गएर केशव स्थापितसँग सोध्न् ।” यसरी त्यस्तो प्रश्न गर्नेलाई पश्चात्तापमा पारिदिने सिप उहाँसँग प्रचूर छ ।

उहाँलाई अलिक धेरै बुझ्‌नेहरूले त भन्छन्- उहाँ हाइस्कुलतिर पढ्दै गर्दा पारिवारिक सभाले उहाँलाई वामपन्थतर्फ अग्रसर हुनुपर्ने निर्णय गरेको हो। किनभने उहाँको परिवारमा पञ्चको खेती थियो, काङ्ग्रेसको ढेरी थियो, त्यो बेलासम्ममा उहाँको परिवारमा वामपन्थीको विरुवा नै थिएन । वामपन्थको खेती गामभरि हराभरा हुनु उहाँका घरमा विउ नै नहुनुको पारिवारिक पीडाले उहाँले त्यतातिर जानै पर्ने कुराको पारिवारिक सभाले फैसला गर्यो र वामपन्थ यात्रा उहाँलाई निकै सुगम महसुस भयो । ‘जिम्दारका छोरा कामरेड’ भन्दै उहाँसँग हात मिलाउन पाउँदा गामका हली, गोठाला, खेलाता अधियार सबै खोजेको मुक्ति पाएको महसुस गर्थे । त्यति मात्र हैन, उहाँकै अधियारसँग परिवारको वारवार झडप पर्थ्यो । उहाँ वामपन्थी भएपछि त त्यस्तो झडप अलिक सजिलै टर्न थाल्यो धेरै त उहाँले भनेपछि जे पनि मान्थे । कोहीकोही मान्दैनथे । जो मान्दैन थे तिनलाई उहाँ सी. आई.डी. भन्नुहुन्थ्यो र पक्राउनुहुन्थ्यो । थुनाउनुहुन्थ्यो ।

एकताका धान वालीका बारेमा निकै विवाद चर्कदै थियो। उहाँ त राजधानीमा विद्यार्थी आन्दोलनमा व्यस्त हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको उहाँ गायक पनि नायक पनि । तैपनि उहाँलाई घरबाट तु बोलावट भयो । आन्दोलनवाट पलायन भएर जिम्दार पिताजीको आदेश तामेल गर्न घर दाखेला हुनुभयो र उहाँजस्ता नायकले सबै कुरा बुझेपछि घरकाहरू सबैलाई फैसला सुनाउनुभयो- “भरे राति सबै कामरेड मेरा कब्जामा हुन्छन् । राति वाह्र बजेभित्रमा सबै धान काटेर भित्र्याउनू !” अर्कै गामबाट अलिक धेरै जनशक्तिको जोहो उहाँका घरमा भयो । साँझ परेपछि उहाँ भने गामको स्कुलमा दाखेला हुनुभयो जहाँ पूर्व योजनाअनुसार गामका सबै कामरेड थिए। उहाँलाई आफू बीच पाएर सबै कामरेड दङ्ग । आजको प्रशिक्षण अलिक लामै हुने र सैद्धान्तिक हुने उहाँले बताउनुभयो । अनि थाल्नुभयो – मार्क्सवाद, लेनिनवादबारे व्याख्या गर्न ।

बाह्न बजेतिर प्रशिक्षण सकेर सबैलाई बिदा गरेपछि उहाँ घर पुग्नुभयो । खेतको सबै धान काटेर भित्रिइसकेको रहेछ । उहाँ ढुक्क भएर सुत्नुभयो । भोलिपल्ट गाउँ तनावमा बदलियो । उहाँले सबैलाई बुझाउनुभयो र भन्नुभयो- “यो पक्कै प्रशासनको करामत हुनुपर्छ । जसमा मेरै परिवारका कसैको पनि संलग्नता हुनसक्छ, तर म यसको भण्डाफोर गरेर छाड्छु। यति भन्दै उहाँले आफ्नै नामबाट एउटा वक्तव्य तयार पार्नुभयो र त्यसलाई छापेर प्रचार प्रसार गर्न कामरेडहरूलाई नै खटाउनुभयो । कामरेडहरू आदेश पालन गर्न हिंडे। उहाँलाई पनि काठमाडौंबाट बोलावट आयो । “यसपल्ट नैतिक रूपमा हामीले जित्यौँ कामरेडहरू” भन्दै उहाँ कामरेडहरूसँग बिदा भएर बाटा लाग्नुभयो । वर्ष भरि पसिना बगाएर खेती गरेका कामरेडहरूको चूलो बलेन, धान उहाँका ढिकुटीमा चुलियो ।

यस्ता प्रसङ्गहरू त बग्रेल्ती आए गए तर सबै प्रसङ्ग यस्तै रहे। उहाँ नहुनेहरूको नेता, ती नहुनेहरूको सधै हुँदैन । वर्षभरिको श्रम, पसिना, रगत सबै सधै उहाँका ढिकुटीमा पस्छ र उनीहरूको चुलो निस्कृय भए पनि मङ्सिरमा ढुकुटी चुलिन्छ र थपक्क बल्छ । अहिले त उहाँको ढिकुटीको प्रतीक भएको छ उहाँको व्यक्तित्व । ती नहुनेहरूको आड, बल र रहरमा हराभरा भएको छ। यस्तै हराभराको माझबाट उहाँ धरहरा बन्नुभएको छ । सबैले भन्छन्- धन्य उहाँ, जय उहाँ ।

०००
त्यो बालक कहिले जन्मन्छ ? (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
साँढेहरू

साँढेहरू

लीला उदासी
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x